घरेलु कामदारका लागि सहज बन्दै युएई « Khabarhub

घरेलु कामदारका लागि सहज बन्दै युएई


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

अबुधाबी– संयुक्त अरब इमिरेट्स (युएई) ले घरेलु कामदारका लागि नयाँ नियम अद्यावधिक गरेको छ ।

युएई सरकारको मानव संसाधन मन्त्रालय (एमओ एचआरई) ले घरलु कामदारका लागि इजाजतपत्र प्राप्त भर्ती एजेन्सीहरूले सहज भर्ना प्रक्रिया अवलम्बन गर्नुपर्ने उल्लेख छ ।

गल्फन्युजका अनुसार अद्यावधिक गरिएका नियमहरूमा कम्पनीले कामदार भर्ना प्रक्रिया सुव्यवस्थित गर्ने, सेवास्तर सुधार गर्ने विषय छन् । मन्त्रालयले यो अद्यावधिक व्यवस्था रोजगारदाता र कामदार दुवैका लागि राम्रो हुने बताएको छ ।

अद्यावधिक नियमअन्तर्गत, भर्ती एजेन्सीहरूले अब रोजगारदाताहरूको आवेदन, इलेक्ट्रोनिक पेश्की, रसिद, र छपाई, साथै चिकित्सा परीक्षण र एमिरेट्स परिचयपत्र मन्त्रालयमा बुझाउनु पर्ने छ ।

मन्त्रालयको नियमअनुसार अब एजेन्सीहरूले विमानस्थलबाट घरेलु कामदारहरूलाई सहजीकरण गर्नुपर्छ । रोजगारदाताको निवासमा सुरक्षित यातायात सुनिश्चित गर्नुपर्छ । भर्तीको लागि उपलब्ध राष्ट्रियता र कामको भूमिकाको बारेमा जानकारी प्रदान गर्नुपर्छ।

एजेन्सीहरूले कामदारलाई रोजगारपूर्व अन्तर्वार्ता लिने, कामदारहरूलाई उनीहरूको भूमिकाको लागि तालिम दिने र तयार गर्ने साथै भर्ती गरिएका घरेलु कामदारका लागि उपयुक्त आवासको व्यवस्था गर्नुपर्ने छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ११ : २० बजे

कालीकोटमा पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

मान्म– नरहरिनाथ गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी कोटबाडालाई पोषणमैत्री स्वास्थ्य संस्था

हर्मुज क्षेत्रमा जहाज आवागमन जारी

एजेन्सी– इरानले हर्मुज क्षेत्र अवरुद्ध नभएको र त्यहाँ जहाज आवागमन

२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार

काठमाडौं– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा

विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग

एजेन्सी– दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत

भायानेटले ल्यायो अत्याधुनिक ‘वाइफाइ ६’ सेवा, घरभर तीव्र गतिको इन्टरनेट

काठमाडौं– भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर