दमकको जनजागरण सभामा एमालेको १२ लाख ६५ हजार खर्च « Khabarhub

दमकको जनजागरण सभामा एमालेको १२ लाख ६५ हजार खर्च


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेकपा एमाले कोशी प्रदेशले झापाको दमकमा शनिबार गरेको प्रदेशस्तरीय जनजागरण सभाको खर्च विवरण सार्वजनिक गरेको छ ।

गणतन्त्र र संघीयताविरोधी हर्कतको विरोधमा आयोजित सभामा १२ लाख ६५हजार खर्च भएको एमालेले जनाएको छ ।

प्रेस चौतारी झापाले गरेको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले यस पटक नयाँ अभ्यास भएको बताए ।

‘यस पटक कोशीमा नयाँ अभ्यासका आधारमा कार्यक्रम सम्पन्न भयो’, उनले भने, ‘यसकलाई निरन्तरता दिइने छ । उनले वडा-वडाबाट आफैंले खर्च गरेर सहभागीहरू कार्यक्रमस्थल आएको बताए ।

इन्चार्ज राईले यो कार्यक्रमका क्रममा सरकारसँग एक रुपैयाँ पनि नलिएको बताए ।

‘हामी हाम्रै शुभचिन्तकले गरेको सहयोगमा यस्ता ठूला ठूला सभा गर्न सक्छौँ’, उनले भने । दमकमा भएको सभाबाट प्रतिगमनकारीको मुख बन्द भएको उनको तर्क छ। एमालेको सभाले प्रतिगमनकारीलाई जवाफ मिलेको पनि उनले बताए ।

राईले सभाका क्रममा मञ्च र साउन्डका लागि ४ लाख रुपैयाँ, स्वमसेवक परिचालनका लागि ३ लाख रुपैयाँ, झन्डा, ब्यानर र पर्चाका लागि १ लाख रुपैयाँ खर्च भएको राईले बताए ।

यस्तै जनजागरण सभामा झाँकीका लागि ३५ हजार रुपैयाँ, प्रचार प्रसारका लागि १ लाख २० हजार रुपैयाँ र विविधमा १ लाख रुपैयाँ खर्च भएको बताए। स्वयम्-सेवकहरूको टोपी एमाले सुनसरीले उपलब्ध गराएको थियो ।

एमाले कोशीले शनिबार झापाको दमकमा जनजागरण सभा गरेको थियो । सभामा एमाले अध्यक्ष केपी शर्माले सम्बोधन गरेका थिए । सभामा प्रदेशका विभिन्न जिल्लाबाट हजारौँ सहभागी थिए।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  १२ : १९ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ