आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएन : नेता महर « Khabarhub

आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएन : नेता महर


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधनका लागि सरकार गम्भीर बन्नु पर्ने बताएका छन् ।

नेपाली कांग्रेसको शिक्षा विभाग प्रमुखसमेत रहेका महरलाई ध्यानाकर्षण गर्न सचिवालय पुगेका नेपाल शिक्षक संघका प्रदेश र जिल्ला अध्यक्षहरूसँग कुरा गर्दै उनले भने, ‘देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू लामो समय देखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । विगतको सरकारसँगको सहमति कार्यान्वयनका लागि सरकार खासै संवेदनशील देखिएन ।’

मन्त्री परिषद्को बैठकबाट मात्र पनि सम्बोधन गर्न सकिने थुप्रै मागहरू भएको बताउँदै महरले भने, ‘गर्न सकिने मागका लागि छिटो मन्त्री परिषद्को बैठक राखेर टुङ्ग्याइनु पर्ने र बाँकी विषयको वर्गीकरण गर्दै समय तालिका निर्माण गरेर अगाडि बढ्न सकिने तमाम आधारलाई सरकारले गम्भीर रूपमा लिनुपर्दछ।’

शैक्षिक आमहडताल घोषणा गरेर आन्दोलनरत शिक्षक समुदायको आत्मसम्मानको ख्याल गरेर निष्कर्ष निकाल्नका लागि प्रधानमन्त्रीको थप क्रियाशीलता खाँचो रहेको  र देशको वर्तमान परिस्थितिको आङ्कलन गरेर सामुदायिक विद्यालयका आन्दोलनरत शिक्षकहरूले वार्ता संवाद गरेर निष्कर्षमा पुग्नु पर्ने महरको भनाई थियो ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  २ : ०८ बजे

बीपी कोइरालाले लगाएको जुत्तामा खुट्टा हालेको छु : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बीपी कोइरालाले लगाएको जुत्तामा

कार्बन व्यापारमा महालेखाको प्रश्न

काठमाडौं- पर्यावरण संरक्षण गरी कार्बन उत्सर्जन न्यूनीकरणका लागि नेपालले सार्थक

राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै

काठमाडौं- विश्वभरका लेखक तथा कलाकारको सहभागितामा यही जेठ १५ देखि

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती

विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको तयारी

काठमाडौं- आर्थिक वर्ष २०९२/९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान