पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्नुपर्छ : मुख्यमन्त्री पाण्डे « Khabarhub

पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्नुपर्छ : मुख्यमन्त्री पाण्डे


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दमौली– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा जोड दिएका छन् । 

बन्दीपुरमा आजदेखि सुरु भएको १२औँ सांस्कृतिक तथा महोत्सवको उद्घाटन गर्दै उनले बन्दीपुर पर्यटकीय सम्भावना बोकेको पालिका भएकाले पर्यटनलाई समृद्धिसँग जोड्नुपर्ने बताए । 

गण्डकी प्रदेशको राजधानी पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा बन्दीपुर विकास भइरहेको चर्चा गर्दै उनले बन्दीपुरको पर्यटन विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए । 

मुख्यमन्त्री पाण्डेले भने, ‘पर्यटनलाई स्थानीयको आयआर्जनसँग जोड्नुपर्छ । त्यसका लागि पालिकासँग मिलेर के गर्न सकिन्छ हामी सहयोग गर्छौ ।’

बन्दीपुर भ्रमण वर्ष सफल बनाउन र नयाँ वर्षमा बन्दीपुरमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्न सांस्कृतिक महोत्सव आयोजना गरिएको बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैशबहादुर गुरुङले बताए ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ६ : १४ बजे

काठमाडौं- ३ बाट कुलमानको उम्मेदवारी दर्ता

काठमाडौं– उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले काठमाडौँ

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले