युवा सङ्घ कप भलिबल : सेमिफाइनल समीकरण पूरा « Khabarhub

युवा सङ्घ कप भलिबल : सेमिफाइनल समीकरण पूरा


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

धनगढी। कैलालीको धनगढीमा जारी राष्ट्रिय युवा सङ्घ कप भलिबल प्रतियोगिता २०८१ मा चार टिम सेमिफाइनलमा पुगेका छन् । प्रतियोगितामा सहभागी टिम अछाम र ऐश्वर्य बहुमुखी क्याम्पस बाहिरिएसँगै सेमिफाइनल पुग्ने चार टिमको टुङ्गो लागेको हो ।

शाह पोल्ट्री फर्म, राना थारु आदर्श युवा क्लब , टिम मालिकार्जुन र राष्ट्रिय युवा सङ्घ डोटी सेमिफाइनलमा पुगेका हुन् । भोली सेमिफाइनलका सबै खेल हुने छन् । राष्ट्रिय युवा सङ्घ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले चैत २९ गतेदेखि आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनल वैशाख २ गते हुने छ ।

प्रतियोगितामा पहिलो हुने टिमले दुई लाख २५ हजार, दोस्रो हुनेले एक लाख २५ हजार र तेस्रो हुने टिमलाई ७५ हजार नगद पुरस्कार, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने युवा सङ्घले जनाएको छ । नेकपा एमाले महासचिव शङ्कर पोख्रेलले उद्घाटन गरेको भलिबल प्रतियोगिताको समापन वैशाख २ गते उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले गर्ने छन् ।

पछिल्लो समय समाजमा बढिरहेको लागू पदार्थ दुर्व्यसनी रोक्न सचेतना फैलाउने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय युवा सङ्घ नेपाल सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष अरुण कुवरले जानकारी दिए ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ८ : ३८ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने