के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ? « Khabarhub

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक खगेन्द्र लामिछाने दुवैका लागि विशेष छ । यही फिल्मले दीपेन्द्र र खगेन्द्रलाई स्थापित बनाएको हो भन्दा फरक पर्दैन । वि.सं २०७२ सालमा प्रदर्शनका आएको यो फिल्म सुपरहिट बनेको थियो ।

खगेन्द्रले ‘पशुपतिप्रसाद’ अघि हिट फिल्म ‘टलकजंग भर्सेस टुल्के’मा केन्द्रीय भूमिका निर्वाह गरेर ‘मास’ मा पुगिसेका थिए । तर, उनलाई ‘पशुपति प्रसादले’ युवापुस्तामा थप स्थापित र परिचित गरायो ।

उनले निर्वाह गरेको चरित्र ‘पशुपतिप्रसाद’ अहिले पनि सामाजिक सञ्जालको ‘मिम’ मा समावेश हुन्छ । जब कि यो फिल्म प्रदर्शनमा आएको एक दशक पुग्न लाग्यो ।

यता, दीपेन्द्रले पनि ‘पशुपतिप्रसाद’ अघि केही फिल्म निर्देशन गरेका थिए । तर, उनी दर्शकमाझ स्थापित हुन सकेका थिएनन् । उनी दर्शकको ‘नोटिस’ मा परेको पहिलो फिल्म यही नै हो ।

यी दुवैको उदयको संयोग ‘पशुपतिप्रसाद’ बन्यो । त्यसयता यी दुईको सहकार्य गज्जबले जमेको छ । दीपेन्द्रले बढी सहकार्य गरेको नायक खगेन्द्र हुन् भने खगेन्द्रले बढी सहकार्य गरेको निर्देशक दीपेन्द्र हुन् ।

यी दुईले सहकार्य गरेका फिल्म

‘पशुपतिप्रसाद’ मा पनि खगेन्द्र र दीपेन्द्रको सहकार्य कलाकार–निर्देशकका रूपमा मात्र होइन । यस फिल्मको लेखक पनि खगेन्द्र नै हुन् । अर्थात्, खगेन्द्रले दीपेन्द्रसँग यस फिल्ममा दोहोरो भूमिकामा सहकार्य गरे ।

फिल्म ‘धनपति’ मा पनि दीपेन्द्र निर्देशकको जिम्मेवारीमा थिए । यो फिल्मको केन्द्रीय कलाकार र लेखक खगेन्द्र नै हुन् ।
‘पशुपतिप्रसाद २ : भष्मे डन’ उनीहरूको तेस्रो सहकार्य हो । यस फिल्मका लेखक खगेन्द्र नै हुन् ।

उनीहरूको चौथो सहकार्य फिल्म ‘मेयर’ मा भएको छ । छायाङ्कन सकिए पनि प्रदर्शनमा नआएको यस फिल्ममा खगेन्द्र नै केन्द्रीय भूमिकामा छन् । निर्देशक दीपेन्द्र नै हुन् ।

उनीहरूको पाँचौ सहकार्य फिल्म ‘के घर के डेरा : घर नम्बर २’ मा भएको छ । यसमा पनि दीपेन्द्र र खगेन्द्रले निर्देशक–कलाकारका रूपमा सहकार्य गरेका छन् ।

प्रदर्शनमा आउन बाँकीसहित खगेन्द्रले अहिलेसम्म एक दर्जनभन्दा बढी फिल्म गरेका छन् । जसमा पाँच फिल्ममा दीपेन्द्रसँग सहकार्य गरेका छन्, चार फिल्ममा कलाकार र एक फिल्ममा लेखकको जिम्मेवारीमा ।

यता दीपेन्द्रले सबैभन्दा बढी सहकार्य गरेको कलाकार नै खगेन्द्र हुन् । यहीबाट यिनीहरूको सहकार्य जमेको स्पष्ट हुन्छ ।
यतिसम्म कि– दीपेन्द्रले प्रस्ताव गरेको फिल्ममा खगेन्द्र ‘नाइँ’ पनि भन्न सक्दैनन् । यसको पछिल्लो उदाहरण ‘के घर के डेरा : घर नम्बर २’ नै हो । जुन जेठ २ बाट प्रदर्शनमा आउँदै छ ।

खगेन्द्र भन्छन्, ‘म अर्को फिल्ममा व्यस्त भएको बेला दीपेन्द्रजीले यो फिल्ममा प्रस्ताव गर्नुभयो । समय अभाव थियो तर मैले अर्को फिल्मको टिमलाई दीपेन्द्रजीले प्रस्ताव गरेपछि नाइँ भन्न सक्दिनँ भनेर समय मिलाउन लगाएँ ।’

दीपेन्द्र पनि खगेन्द्रको यो कुरा स्वीकार गर्छन् । भन्छन्, ‘यो फिल्मको कलाकारमा मलाई खगेन्द्रजी चाहिएको थियो । उहाँ व्यस्त हुनुहुन्थ्यो, थाहा थियो । अरु कलाकार भए व्यस्तताले यो फिल्म सायदै गर्नुहुन्थ्यो तर उहाँले समय मिलाउनु भयो ।’

सहकार्यको राज ?

दीपेन्द्रसँग यति लामो सहकार्यको हुनको पछाडि चार गैरव्यावसायिक कारण रहेको खगेन्द्र बताउँछन् । इमानदारिता, विश्वास, सहजता र सम्बन्ध यो सहकार्य निरन्तरताको प्रमुख कारक रहेको खगेन्द्रको बुझाइ छ ।

उनी भन्छन्, ‘अनि हामी दुवै इमानदार छौं जस्तो लाग्छ । हामी एक अर्कालाई हामी राम्रोसँग बुझ्छौं । हामी दुवैमा एक अर्काप्रति विश्वास र सहजता महसुस गर्छौं जस्तो मलाई महसुस हुन्छ । यो मेरो बुझाइ हो, दीपेन्द्रजीलाई नलाग्न पनि सक्छ है ।’

दीपेन्द्रको कुशल निर्देशकीय क्षमताले पनि सहकार्यको माहोल बनाएको खगेन्द्र बताउँछन् । भन्छन्, ‘उहाँ राम्रो निर्देशक हो । एउटा कलाकारलाई राम्रो निर्देशकसँग काम गर्न मन भइहाल्छ ।’

कार्यसम्पादन शैली एकै हुनुलाई पनि खगेन्द्र सहकार्यको अर्को कारक मान्छन् । भन्छन्, ‘म पनि केही काम थालेपछि सकाएरै मात्र छोड्छु । दीपेन्द्रजीले पनि त्यही गर्नुहुन्छ । हाम्रो काम गर्ने नेचर पनि मिल्छ ।’

दीपेन्द्र भने खगेन्द्रसँग सहकार्य जम्नुको मुख्य व्यावसायिक कारण उनको सहजता नै मान्छन् । भन्छन्, ‘उहाँले जस्तो व्यस्त बेला प्रस्ताव लैजाँदा पनि नाइँ भन्नुहुँदैन । यो नै प्रमुख हो ।’

सहकार्यमा गैरव्यावसायिक कारणको पनि उत्तिकै स्थान रहेको दीपेन्द्रको बुझाइ छ । भन्छन्, ‘हाम्रो सम्बन्ध दुख–सुखमा काम लाग्ने हो ।’

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  १० : ५५ बजे

आयल निगममा वार्षिक करोडौँको ओभरटाइम भत्ता कटौती, सिफ्ट प्रणाली लागू गरिँदै

काठमान्डौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल

भारतको सहयोगमा झापामा विद्यालय भवन निर्माण सुरू 

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा झापाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री

रासायनिक मल वितरणमा अनियमितता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक मल

मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं- मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । मन्त्रिपरिषद्को नियमित बैठक

भारतसँग रणनीतिक साझेदारी र आर्थिक सहकार्य विस्तारमा जापानको जोड

नयाँदिल्ली- जापानकी प्रधानमन्त्री साने ताकाइचीले भारतसँगको रणनीतिक साझेदारी, आर्थिक सुरक्षा, लगानी