हमासले अपहरण गरेका इजरायली–अमेरिकी नागरिक अलेक्जेन्डर १९ महिनापछि रिहा « Khabarhub

हमासले अपहरण गरेका इजरायली–अमेरिकी नागरिक अलेक्जेन्डर १९ महिनापछि रिहा


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– हमासले अपहरण गरेको १९ महिनापछि इजरायली–अमेरिकी नागरिक एडन अलेक्जेन्डर सोमबार राति  रिहा भएका छन् । रिहा भएलगत्तै उनको परिवारसँग मिलन भएको छ ।

गाजामा इजरायली सेनामा आबद्ध २१ वर्षीय उनलाई ७ अक्टोबर २०२३ मा इजरायली सेनाले अपहरण गरेको थियो ।

सोमबार इजरायलले बन्दी हस्तान्तरण कार्य सहज होस् भन्नका खातिर अस्थायी रूपमा गाजामा आक्रमण रोकेको थियो ।

हमासका शीर्ष अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्व भ्रमण अघि नै गरिएको यो रिहाइ नयाँ चरणको युद्ध विरामको बाटो तयार गर्न महत्त्वपूर्ण साबित हुने बताएका छन् । ट्रम्प मङ्गलबार मध्यपूर्व पुग्ने छन् ।

अलेक्जेन्डर हमासको साथमा रहेका अन्तिम जीवित अमेरिकी बन्दी भएको अनुमान गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलेक्जेन्डरको परिवारलाई बधाई समेत दिएका छन् ।

अलेक्जेन्डरको परिवारले ट्रम्पलाई धन्यवाद दिँदै बन्दी रहेका अन्य ५८ जनाको रिहाइका लागि इजरायल र अन्य मध्यस्थ देशहरूलाई अनुरोध गरेको छ । 

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ५ : ५८ बजे

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ– सरकारले यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

अछामको रामारोशन किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन