अमेरिका र चीनको सहमतिले युरोपको शेयर बजार सकारात्मक  « Khabarhub

अमेरिका र चीनको सहमतिले युरोपको शेयर बजार सकारात्मक 


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

जुरिच– अमेरिका र चीनबीच ‘ट्यारिफ’ (भन्सार ) शुल्क समायोजन गर्ने  सहमति भएसँगै सोमबार शेयर मार्केट उकालो लागेको छ ।

स्विट्जरल्यान्डको जुरिचमा भएको वार्तापछि एक अर्का विरुद्धमा महँगो आयात कर लगाउने निर्णयबाट दुवै देश पछि हट्ने सहमति भएपछि शेयर बजारले सकारात्मक लय समातेको हो ।

सोमबार युरोपका स्टकमा वृद्धि भएको छ । यसै गरी हङकङमा हाङसेङको सूचकाङ्कमा ३ प्रतिशतले वृद्धि देखिएको छ ।

यो सहमतिले जहाज कम्पनीको शेयरमा सकारात्मक प्रभाव देखिएको छ । डेनमार्कको मेयस्रपमा १२ प्रतिशतसम्म वृद्धि भएको छ । जर्मनीको होपाङ लोयडमा १४ प्रतिशतले वृद्धि भएको छ । 

अमेरिकाले आयात कर १४५ प्रतिशतबाट ३० मा झार्ने र चीनले १२५ बाट १० प्रतिशत बनाउने सहमति भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्ला निर्णयहरू खारेज भएको नभई स्थगित भएको बताएका छन् । उनले तीन महिनामा सबै विषय सकारात्मक बाटोमा नगए यो फेरी बढ्न सक्ने उल्लेख गरेका छन् । यद्यपि पहिले भनिए जस्तै १४५ प्रतिशत पुग्ने अपेक्षा नगरिएको उनको भनाइ छ ।

‘हामी चीनलाई चोट दिन चाहँदैन थियौँ । हाम्रा कारणले उनीहरूलाई धेरै अप्ठेराे भएको साँचो हो । त्यहाँका धेरै कारखाना बन्द भएका छन् । यो डिलले उनीहरू खुसी भएका छन्,’ राष्ट्रपति ट्रम्पले भने ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ६ : १८ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज १२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट