दक्षिण अफ्रिकाबाट ‘फास्ट ट्रयाक’ मा अमेरिका पुगे शरणार्थी « Khabarhub

दक्षिण अफ्रिकाबाट ‘फास्ट ट्रयाक’ मा अमेरिका पुगे शरणार्थी


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


732
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको  शरणार्थी योजना अनुसार दर्जनौँ श्वेत दक्षिण अफ्रिकीहरू अमेरिका पुगेका छन् ।

रङ्गभेदी सोचका कारण दक्षिण अफ्रिका छाड्न बाध्य भएर अमेरिका पुगेका ५९ जना अल्पसङ्ख्यक समुदायका व्यक्तिले ‘फास्ट ट्र्याक’ (द्रुत गति)मा शरणार्थी मान्यता पाउने राष्ट्रपति ट्रम्पले बताए ।

सोमबार राजधानी वासिङ्टन डिसी नजिकको डुलेस विमानस्थलमा झरेका दक्षिण अफ्रिकीलाई अमेरिकी प्रशासनले न्यानो स्वागत गरेको थियो ।

दक्षिण अफ्रिकाले भने शरणार्थीकै हैसियत प्रदान गर्नुपर्ने त्यस्तो कुनै गलत व्यवहार नभएको प्रतिक्रिया दिएको छ ।

धेरै अश्वेत र अफगानहरूले अमेरिकामा गरेको शरणार्थी निवेदनलाई अस्वीकार गरेका छन् । 

यसअघि ट्रम्पले थुप्रैले शरणार्थीका लागि गरेको आवेदनलाई खारेज गरेका थिए । यसरी खारेज गरिनेमा मानवअधिकार हनन भएको ठहर गर्दै आफ्नो देश छाडेर अमेरिका पुगेकाहरू पनि थिए । ट्रम्पको यो नीतिलाई महत्त्वपूर्ण ‘ट्विस्ट’को संज्ञा दिइएको छ ।

अमेरिकामा शरणार्थीको प्रक्रिया पुरा हुन धेरै महिना र वर्ष समेत लाग्न सक्छ । यसका बाबजुद यो समूह फास्ट ट्र्याकबाट त्यहाँ पुगेका हुन् ।

ट्रम्पले दक्षिण अफ्रिकामा नरसंहार भइरहेको तथा श्वेत किसानहरू यसको सिकार भइरहेको समेत बताए । उनले गोरा किसानहरूलाई मारिएको समेत आरोप लगाए ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल सामाफोसाले ती सबै आरोपलाई अस्वीकार गरेका छन् ।

श्वेत किसानहरूबाट विना कारण दक्षिण अफ्रिकामा जमिन खोस्ने नीति लिइएको भन्दै अमेरिकाले आलोचना गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ७ : २४ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी