आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण « Khabarhub

आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ८५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ६५, गोलभेँडा सानो (तराई) प्रतिकिलो ६५, आलु रातो प्रतिकिलो ३५, आलु रातो (भारतीय) प्रतिकिलो ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८, गाजर (लोकल) प्रतिकिलो ६०, गाजर (तराई) प्रतिकिलो ३०, बन्दा (लोकल) प्रतिकिलो १५, काउली (स्थानीय) प्रतिकिलो ७०, मूला रातो प्रतिकिलो ४०, मूला सेतो (लोकल) प्रतिकिलो २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ४०, भन्टा डल्लो प्रतिकिलो ४५, तने बोडीको मूल्य प्रतिकिलो ६० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो १००, घिउ सिमी (लोकल) प्रतिकिलो ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ६०, भटमास कोसा प्रतिकिलो १००, तितो करेला प्रतिकिलो ४०, लौका प्रतिकिलो ३०, परबर (लोकल) प्रतिकिलो ६०, परबर (तराई) प्रतिकिलो ६०, चिचिण्डो प्रतिकिलो ३०, झिगुनी प्रतिकिलो ८०, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो २५, सलगम प्रतिकेजी ८०, भिण्डी प्रतिकिलो ३५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो ५०, पिँडालु प्रतिकिलो १००, स्कूस प्रतिकिलो ५०, रायो साग प्रतिकिलो ६०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग ८०, तोरीको साग प्रतिकिलो ३५, मेथीको साग प्रतिकिलो ८०, प्याज हरियो प्रतिकिलो ५०, बकुला प्रतिकिलो ५०, च्याउ (कन्य) प्रतिकिलो १७०, च्याउ (डल्ले) प्रतिकिलो ३००, निगुरो प्रतिकिलो ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो १००, चुकुन्दर प्रतिकिलो ८०, सजीवन प्रतिकिलो ८०, कोइरालो प्रतिकिलो १८०, रातो बन्दा प्रतिकिलो ६०, जिरीको साग प्रतिकिलो ६५, ग्याठकोभी प्रतिकेजी ६०, सेलरी प्रतिकिलो २१०, पार्सले प्रतिकिलो ३५०, सौफको साग प्रतिकिलो ९०, पुदिना प्रतिकिलो ३००, गान्टे मूला प्रतिकिलो ४०, इमली प्रतिकिलो १९०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १४० र गुन्द्रुक प्रतिकिलो ३५० तोकेको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फूजी) प्रतिकिलो ३४०, केरा (दर्जन) १६०, कागती प्रतिकिलो २७०, अनार प्रतिकिलो ३५०, अङ्गुर (हरियो) प्रतिकिलो २००, अङ्गुर (कालो) प्रतिकिलो ३५०, भारतीय सुन्तला १४०, तरबुजा हरियो प्रतिकिलो ५०, मौसम प्रतिकिलो २००, जुनार प्रतिकिलो २००, भुइँकटहर प्रतिगोटा २००, काँक्रो (लोकल) प्रतिकिलो ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३०, रुख कटहर प्रतिकिलो ८०, नासपाती (चाइनिज) प्रतिकिलो २६०, मेवा (नेपाली) प्रतिकिलो ५०, मेवा (भारतीय) प्रतिकिलो १२०, अम्बा प्रतिकिलो १२०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो २५०, किबी प्रतिकिलो ४६०, आभोकाडो प्रतिकिलो ५८० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो १२०, खुर्सानी सुकेको प्रतिकिलो ४२०, खुर्सानी हरियो प्रतिकिलो ११०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ११०, खुर्सानी हरियो (माछे) प्रतिकिलो ४५, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ४००, भेडे खुर्सानी प्रतिकिलो ७५, लसुन हरियो प्रतिकिलो ८०, हरियो धनिया प्रतिकिलो ९०, लसुन सुकेको चाइनिज प्रतिकिलो ३००, लसुन सुकेको नेपाली प्रतिकिलो ३००, ताजा माछा (रहु) प्रतिकिलो ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो २६०, ताजा माछा (छडी) प्रतिकिलो २४०, रुख टमाटर प्रतिकिलो १६०, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउ प्रतिकिलो ८०० तोकेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ९ : ०६ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति