उपेन्द्रले थाले ‘जारी-२’ सुटिङ, दशैंमै प्रदर्शनमा ल्याउने तयारी « Khabarhub

उपेन्द्रले थाले ‘जारी-२’ सुटिङ, दशैंमै प्रदर्शनमा ल्याउने तयारी


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिट फिल्म ‘जारी’को सिक्वेल ‘जारी–२’को छायाङ्कन सुरु भएको छ । निर्देशक उपेन्द्र सुब्बाले सोमबारदेखि पाँचथरबाट फिल्मको छायाङ्कन सुरु गरेका हुन् ।

पाँचथरमा फिल्मको शुभमुहूर्त गरि निर्देशक सुब्बाले छायाङ्कन सुरु गरेका हुन् । उनका अनुसार यो फिल्मको पूरा छायाङ्कन पाँचथरका विभिन्न रमणीय स्थानमा हुने छ ।

‘जारी’को छायाङ्कन पनि पाँचथरमा नै भएको थियो । ‘जारी–२’ उपेन्द्रको निर्देशन रहने तेस्रो फिल्म हो । उनले यसअघि ‘जारी’ र ‘मनसरा’ निर्देशन गरेका थिए ।

‘जारी–२’को लेखक पनि उपेन्द्र आफैँ हुन् । यस फिल्मको निर्माता भने निर्देशक रामबाबु गुरुङ हुन् ।

‘जारी’को मुनाफालाई लिएर यी दुईको सम्बन्धमा चिसो पसेको थियो । यसको सिक्वेलले उनीहरुको सम्बन्ध सुधार गरिदिएको छ ।

यस फिल्ममा नायकहरु दयाहाङ राई, विजय बराल र नायिका मिरुना मगर शीर्ष भूमिकामा रहने बताइएको छ ।

यो फिल्मलाई दशैंमा प्रदर्शनमा ल्याउने उद्देश्यका साथ निर्देशक सुब्बा छायाङ्कनमा निस्किएका हुन् । अहिलेको अवस्थामा ‘जारी–२’ पनि उक्त मितिमै प्रदर्शनमा आए हलमा ६ वटा फिल्मको प्रतिस्पर्धा हुने देखिन्छ ।

रामबाबुको बाँसुरी फिल्मस् र उपेन्द्रको कबड्डी फिल्मसको ब्यानरमा यो फिल्म बन्न लागेको हो ।

वि.सं २०८० मा प्रदर्शनमा आएको ‘जारी’ले घरेलु बक्स अफिसमा मात्रै १७ करोडमाथिको व्यापार गरेको थियो । डेब्यू फिल्मले उपेन्द्रले हिटको सफलता हात पारेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ३ : ४२ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६