पाकिस्तानले आक्रमण गरेको भनिएको पञ्जाबको आदमपुर एयरबेसमा पुगे मोदी « Khabarhub

पाकिस्तानले आक्रमण गरेको भनिएको पञ्जाबको आदमपुर एयरबेसमा पुगे मोदी


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- पाकिस्तानविरुद्ध भएको ‘अपरेसन सिन्दूर’बारे सोमबार देशवासीलाई सम्बोधन गरेर बताएपछि भारतीय प्रधानमन्त्री मोदी मंगलबार बिहान पञ्जाबको आदमपुर एयरबेसमा पुगेका छन् ।

त्यहाँ पुगेर प्रधानमन्त्री मोदीले वायुसेनाका जवानहरूसँग भेट गरेका छन् । सामाजिक सञ्जालमा आएका तस्वीरहरूमा प्रधानमन्त्री मोदी सेनाका जवानहरूमाझ देखिएका छन्।

प्रधानमन्त्री मोदीले आदमपुर एयरबेसको आफ्नो यात्राबारे सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्ट पनि शेयर गरेका छन् ।

गत हप्ता दुई देशबीच भएको सैन्य संघर्षमा पाकिस्तानी सेनाले भारतको आदमपुर एयरबेसमा हमला गरी मिसाइल डिफेन्स सिस्टम एस-४०० ध्वस्त पारेको दाबी थियो।

यद्यपि भारतीय सेनाले आदमपुर एयरबेसमा हमला गर्ने प्रयास भएको स्वीकार्दै तर त्यसलाई असफल बनाइएको जनाएको थियो ।

‘आज बिहान म एएफएस आदमपुर गएर हाम्रा वीर वायु योद्धा र सैनिकहरूलाई भेटेँ’, मोदीले भनेका छन्, ‘साहस, प्रतिबद्धता र निडरताका प्रतीक व्यक्तिहरूसँग समय बिताउनु एक अत्यन्त विशेष अनुभव रह्यो।’

उनले भारत सदैव हाम्रा सशस्त्र बलप्रति आभारी रहने बताए । उनीहरूले हाम्रो देशका लागि जुनसुकै कार्य गर्न पनि पछि नपर्ने उनको तर्क थियो ।

प्रेस ट्रस्ट अफ इन्डियाद्वारा जारी गरिएको एक भिडियोमा प्रधानमन्त्री मोदी सेनाका जवानहरूसँग कुराकानी गरिरहेको देखिएका छन् ।

गत मे ७ को बिहान साढे १ बजे पाकिस्तानभित्र भारतद्वारा गरिएका हवाई हमलापछि दुवै देशबीच तनाव बढेको थियो । जुन तनावलाई १० मेका दिन युद्धविराममार्फत् टुंग्याइएको थियो ।

त्यसपछि मोदीले सोमबार साँझ राष्ट्रलाई सम्बोधन गरेका थिए । ‘अपरेसन सिन्दूर’ अन्तर्गत भारतको सैन्य कारबाही हाललाई मात्र स्थगित गरिएको हो। आउने दिनहरूमा पाकिस्तानका हरेक कदमलाई यो मापदण्डमा राखेर जाँचिनेछ । उसले कस्तो व्यवहार अपनाउँछ, त्यसमा भारतीय कदम निर्भर हुनेछ’, उनले भनेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  २ : ०९ बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको