नौलिंग भद्रकाली जात्रा (तस्बिरहरू)  « Khabarhub

नौलिंग भद्रकाली जात्रा (तस्बिरहरू) 


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुढानीलकण्ठ नगरपालिका वडा नं १३ मा बैशाख २७ गते त्रयोदशी अर्थात् बचलाथ्व त्रयोदशीदेखि ६ दिन सम्म मनाइने श्री नौलिंग (नौलिङ्गेश्वरी) भद्रकाली जात्रामा आज सिन्दुर जात्रा गरी तीन दिदीबहिनी (तुपेक भद्रकाली, चपली भद्रकाली, चुनीखेल भद्रकाली) र गणेशको खटसहित नगरपरिक्रमा गरिएको छ ।

 काठमाडौं उपत्यकाको प्राचीन एवं सबैभन्दा पुरानो कालीमन्दिरमध्येको एक मानिने नौलिंग (नौलिङ्गेश्वरी) मन्दिरको यो जात्रा पनि प्राचीन जात्रामध्येको एक हो । यस जात्राको पहिलो दिन नौलिङ्गेश्वरीमन्दिरमा पञ्चबलि दिने गरिन्छ ।

तीन दिदीबहिनी (तुपेक भद्रकाली, चपली भद्रकाली, चुनीखेल भद्रकाली) र गणेशको खट सहित टुसाल, गाम्चा, शापाटार, चपली र चुनिखेल क्षेत्र परिक्रमा गरिन्छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  २ : ३९ बजे

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।