ओलीले भने- हाम्रो पार्टी कार्यालय एक रूपैयाँ उठाएर बनाउँछौँ भन्ने पनि निस्किए « Khabarhub

ओलीले भने- हाम्रो पार्टी कार्यालय एक रूपैयाँ उठाएर बनाउँछौँ भन्ने पनि निस्किए


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको केन्द्रीय कार्यालय चन्दा उठाएर बनाउन नसकिने बताएका छन् ।

बनेपा नगरपालिका–१० भैँसेपाटीस्थित अत्याधुनिक चलचित्र छायाङ्कनस्थल (स्टुडियो) को बालुवाटारबाटै निर्माण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसो भनेका हुन् ।

बल्खुको मदननगरस्थित केन्द्रीय कार्यालय भूकम्पले भत्किएपछि एमालेले धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवन भाडामा लिएर कार्यालय चलाएको थियो ।

त्यसपछि थापाथलीस्थित भाडाको घरबाट कार्यालय चलाएको एमालेले अहिले ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानबाट कार्यालय चलाइरहेको छ ।

त्यहाँ पनि मनोहराको बाढीले सताएपछि एमालेले भाटभटेनीका मालिक मीनबहादुर गुरुङबाट कीर्तपुर नगरपालिकामा नि:शुल्क जग्गा लिएर नयाँ भवन बनाउन खोजेको थियो ।

तर, विवादित व्यवसायीबाट जग्गा दानमा लिएर भवन बनाउन नहुने जिकिर एमालेकै नेतृहरू बिन्दा पाण्डे र उषाकिरण तिमल्सेनासहितले गरेका थिए ।

उनीहरूले बरू एक एक रूपैयाँ चन्दा लिएर एमालेको केन्द्रीय कार्यालय बनाउन अभियान चलाउने भन्दै मीनबहादुरबाट जग्गा लिने निर्णयको विरोध गरेका थिए ।

त्यही विरोधका कारण एमालेबाट उनीहरू ६ महिनाका लागि निलम्बनमा परेका थिए । तर त्यो कारबाहीको अवस्थाबारे अहिले ओलीले नै अनभिज्ञता प्रकट गरिरहेका छन् ।

‘हाम्रो (नेकपा एमाले) पार्टी कार्यालय (अफिस) एक-एक रुपैयाँ उठाएर बनाउँछौँ भन्ने पनि निस्किए’, ओलीले भने, ‘त्यो एक रुपैयाँ कहाँबाट साटेर ल्याउने ? अहिले त त्यो एक रुपैयाँ साट्नै पाइँदैन, मुस्किलले साट्न पाइन्छ ।’

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ३ : ३७ बजे

एफ-३५ पछि एफ-१५ लडाकु जेटलाई इरानले बनायो निशाना, अमेरिका-इजरायल मौन

तेहरान- इजरालय र अमेरिकी आक्रमणको सामना गरिरहेको इरानले होर्मुज जलक्षेत्रनजिक

स्वास्थ्य परीक्षण गरिएका १२ प्रतिशतमा नसर्ने रोग

पाँचथर– जिल्लाको हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’

अपाङ्ग महासङ्घमा ‘संस्थागत कू’ को प्रयास : पदाधिकारी नै आन्दोलनमा

​काठमाडौँ— देशभरका अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थाहरूको छाता संगठन राष्ट्रिय

नेपाललाई गर्भपतनदेखि बालविवाहसम्म सुधारकालागि विश्व समुदायको सन्देश

काठमाडौं– संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्को विश्वव्यापी आवधिक समीक्षा (युपिआर)

छब्बिस वर्षपछि तरेगना खानेपानी आयोजना सञ्चालन

सिरहा– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले २६ वर्षअघि सुरु गरेको