आदमपुर एअरबेस पुगेर मोदीले भने– आतंककारीलाई घरमै घुसेर मार्नेछौँ, कतै भाग्न दिनेछैनौँ « Khabarhub

आदमपुर एअरबेस पुगेर मोदीले भने– आतंककारीलाई घरमै घुसेर मार्नेछौँ, कतै भाग्न दिनेछैनौँ


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक्कासी पञ्जाब राज्यको आदमपुर एअरबेस पुगेका छन् । मंगलबार उनी आदमपुर पुगेका हुन् ।

भारत र पाकिस्तानबीच युद्धविराम भएको केही दिनपछि प्रधानमन्त्री मोदीले एअरबेसको भ्रमण गरेका हुन् । वायुसेनालाई हौसला प्रदान गर्न प्रधानमन्त्री मोदी आदमपुर पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रधानमन्त्री मोदीको आदमपुर भ्रमणका क्रममा एउटा तस्बिर बाहिर आएको छ । उक्त तस्बिरमा मोदी एस ४०० हवाइ प्रतिरोधी प्रणालीअघि उभिएर सलाम गरिरहेको देखिन्छ ।

यसअघि पाकिस्तानी पक्षले भारतको एस ४०० प्रणाली ध्वस्त पारेको दाबी गरेको थियो । उक्त भ्रमणका क्रममा वायुसेनाका सैनिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आतंककारी मात्र नभइ आतंकवादको समर्थन गर्ने पाकिस्तानी सेनालाई पनि भारतले कडा जवाफ दिएर आफ्नो शक्ति देखाएको बताए ।

उनले पाकिस्तानमा आतंककारीहरूले शान्तिको सास फेर्न सक्ने कुनै ठाउँ बाँकी नरहेको पनि दाबी गरे । उनले आतंककारी ‘घरमै घुसेर मार्ने’ र उनीहरुलाई कतै भाग्न नदिने समेत दृढता व्यक्त गरे ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ४ : ४२ बजे

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम

राशिद खानको जादुयी बलिङ : दिल्ली गुजरातसँग एक रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १४ औं