डेडिकेटेड ट्रंकलाइन बक्यौतामा प्राधिकरणले दियो पुनरावलोकनको मौका « Khabarhub

डेडिकेटेड ट्रंकलाइन बक्यौतामा प्राधिकरणले दियो पुनरावलोकनको मौका


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता रहेका ग्राहकलाई आउँदो जेठ मसान्तसम्म पुनरावलोकन गर्न भन्दै सूचना प्रकाशन गरेको छ ।

 आज सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाईनबाट २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपभोग गरी विद्युत महसुल बक्यौता ग्राहकले सो समयभित्र पाँच प्रतिशत नगद वा बैंक ग्यारेन्टी राखेर पुनरावलोकन गर्न भनेको हो ।

‘विद्युत महसुल बक्यौता रहेका ग्राहकहरूले २०८२ जेष्ठ मसान्तभित्र ने.वि.प्रा विद्युत वितरण नियमावली, २०७८ को विनियम ५५ को उपविनियम ९२० बमोजिम बिल रकमको ५ प्रतिशत बराबरको रकम नगद वा सो बराबरको एक वर्षको म्याद रहने गरी जारी भएको ‘क’ वर्गको बैंक ग्यारेन्टी धरौटी बापत जम्मा गरी’ प्रशासकीय पुनरावलोकनका लागि निवेदन दिनसक्ने जनाएको छ ।

सो म्याद सञ्चालक समितिको वैशाख २१ गते को बैठकले निर्णय गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ५ : २४ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा