साउदी अरबमा ट्रम्प : इरानलाई रोक्नेदेखि हतियार बिक्रीसम्मको स्वार्थ « Khabarhub

साउदी अरबमा ट्रम्प : इरानलाई रोक्नेदेखि हतियार बिक्रीसम्मको स्वार्थ


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

रियाद- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार साउदी अरब पुगेका छन्। उनले रियादमा साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति ट्रम्प साउदी अरब, कतार र यूएईको चारदिने कूटनीतिक भ्रमणका क्रममा छन्। यो यात्रा उनको दोस्रो कार्यकालको पहिलो ठूलो अन्तर्राष्ट्रिय भ्रमण हो, जसलाई कूटनीतिक बृत्तमा हत्त्वपूर्ण मानिएको छ।

के के छन् उद्देश्य ?

ट्रम्पको यस यात्रामा अमेरिका र साउदी अरबबीच नयाँ लगानीसम्बन्धी विभिन्न सम्झौता हुने अपेक्षा छ । विशेषगरी साउदी अरबले अमेरिका बाट १०० अर्ब डलरभन्दा बढी मूल्यको हतियार र सैन्य उपकरण किन्ने तयारी गरेको समाचार छ ।

अमेरिकाले लामो समयदेखि साउदी अरबलाई हतियार आपूर्ति गर्दै आएको छ । तर सन् २०२१ मा तत्कालीन जो बाइडन प्रशासनले यमन युद्धमा साउदी अरबको भूमिकालाई लिएर हतियार बिक्री रोकिदिएको थियो।

तर सन् २०२४ मा बाइडन प्रशासनले फेरि हतियार बिक्री सुरु गरेको थियो ।

रणनीतिक सन्देश

यो यात्रा ट्रम्प प्रशासनले साउदी नेतृत्वसँग रणनीतिक सम्बन्धलाई पुनः सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ।

यमन युद्धपछि साउदी-अमेरिका सम्बन्धमा आएको चिसोपनलाई हटाउन र मध्यपूर्वमा अमेरिकी भूमिका बलियो बनाउने उद्देश्य पनि यसमा छ ।

यसका साथै क्षेत्रीय सुरक्षामा सहकार्य, इरानको प्रभाव नियन्त्रण र ऊर्जा सहकार्यलाई पनि अमेरिकाले प्राथमिकतामा राखेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ५ : ५३ बजे

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

डाकार– अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन

‘मुलुकले थप द्वन्द्व थेग्न सक्दैन, राजासहितको राष्ट्रिय सहमति खोजौँ’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो

काठमाडौं- गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित