वर्षमानको टिप्पणी- बिचौलियासँग कुरा नमिलेसम्म सरकारले गभर्नर निुयक्त गर्दैन « Khabarhub

वर्षमानको टिप्पणी- बिचौलियासँग कुरा नमिलेसम्म सरकारले गभर्नर निुयक्त गर्दैन


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले बिचौलियाको चलखेलका कारण सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसकेको बताएका छन् ।

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले गभर्नरको विषयलाई राजनीतिकरण गरिएको समेत बताए ।

समयमै गभर्नर नियुक्त गर्न नसक्नुले राजनीतिक दलले देश सञ्चालन गर्छन् वा अरु कसैले भन्ने प्रष्ट हुँदै गएको उनले बताए ।

पुनले राष्ट्र बैंकको डेपुटी गभर्नर वा मौद्रीक नीतिमा विज्ञता हासिल गरेकालाई गभर्नर बनाउने गरिँदै आएको स्मरण गराए ।

तर अहिले स्वार्थ समूहले रुचाएका व्यक्तिलाई गभर्नर बनाउने प्रयास भइरहेको आरोप उनले लगाए । स्वार्थ समूहसँग कुरा नमिल्दासम्म गभर्नर नियुक्त हुने नदेखिएको उनले बताए ।

पुनले पार्टीको कार्यकर्ता वा स्वार्थ समूहको व्यक्तिलाई गभर्नर बनाए देशको अर्थतन्त्र चल्न नसक्ने जिकिर गरे । विज्ञता हासिल भएका व्यक्तिलाई गभर्नर बनाउन उनले सरकारलाई सचेत गराएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ६ : ०० बजे

प्रकाश सपुत भन्छन् : मतदाताको मुहारमा अन्तिम आसा र उत्साह देखेको छु

काठमाडौं – चर्चित कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले