निजामती अस्पतालमै छन् ३ सय ७७ जना ज्यालादारी डाक्टर र नर्स « Khabarhub

निजामती अस्पतालमै छन् ३ सय ७७ जना ज्यालादारी डाक्टर र नर्स

नियामक निकाय मौन, अधिकारवादी संस्था माग मात्रै गर्ने, नहेर्ने


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य क्षेत्रको मेरुदण्डका रूपमा रहेका चिकित्सक र नर्स अस्पतालबाटै श्रमशोषणमा पर्दै आएका छन् । उनीहरूमात्रै होइन, स्वास्थ्य क्षेत्रका कर्मचारीसमेत दैनिक हाजिरामा काम गर्न बाध्य छन् ।

नेपालका विभिन्न गैरसरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई न्यून तलबमा काममा लगाएर श्रमशोषण भइरहेको गुनासो आइरहँदा निजामती कर्मचारी अस्पतालमा धेरै चिकित्सक र नर्स दैनिक ज्यलादारीमा काम गरिरहेको पाइएको छ ।

अस्पताल प्रशासनको तथ्याङ्कमा हाल ३ सय ७७ जना चिकित्सक तथा नर्सहरू दैनिक ज्यालादारीमा काम गरिरहेका छन् । फार्मेसी, रेडियोलोजी, ल्याब टेक्निसियनलगायत प्रशासन सेवामा समेत दैनिक ज्यालादारी कर्मचारीहरू छन् ।

स्थानीय तहले तोकेअनुसारको दैनिक ज्यालाबाहेक अन्य कुनै पनि सेवा सुविधाबिनै अस्पतालले वर्षौंदेखि काम गराउँदै आएको छ ।

नेपाल नर्सिङ सङ्घ, सरकारी नर्सहरूको संस्था गोगान, विभिन्न सरोकारवाला निकायले ज्यालादारी कर्मचारी व्यवस्थालाई हटाएर करारका कर्मचारी सरह सेवा सुविधा दिनुपर्ने माग गर्दै आए पनि सुनुवाई हुन सकेको छैन ।

नेपाल सरकारको सामान्य प्रशासन मन्त्रालयअन्तर्गतकै अस्पतालमा ‘टेक्निकल ह्युमन रिसोर्सेज’ लाई यसरी दैनिक ज्यालादारीमा काममा लगाउनु विडम्बना भएको नेपाल नर्सिङ सङ्घकी अध्यक्ष चन्द्रकला शर्माले बताइन् । खबरहबसँग कुरा गर्दैै अध्यक्ष शर्माले भनिन्, ‘दशौँ वर्षसम्म पनि उनीहरू ज्यालादारीमा रहिरहेका छन, यो एकदमै दुःखलाग्दो कुरा हो ।’

सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको निजामती अस्पताल जहाँ देशभरका निजामती कर्मचारीहरूको उपचार गरिन्छ ।

त्यतिमात्रै होइन, विभिन्न माग राखेर काठमाडौंमा एक महिना लामो आन्दोलन गरेका शिक्षकलाई पनि सहुलियतमा उपचार दिने आश्वासन अस्पताल प्रशासनले दिएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ८ : ०२ बजे

माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

कमलामाई- सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बीपी राजमार्गमा माइक्रोबस र बस

के बुल्दाक रामेनले क्यान्सर गराउँछ ?

काठमाडौं– इन्स्ट्यान्ट रामेन चाउचाउ यसको सुलभ मूल्य, सुविधा र स्वादका

एमालेमा सुरू भयो ध्रुवीकरण, कति छ ओली इतरको शक्ति र हैसियत ?

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा होमिएको

निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने

काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत रसियन फिल्म डेजको

थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

काभ्रेपलाञ्चोक– बिपी राजमार्गको यात्रा डेढ वर्षदेखि कठिनाईपूर्ण बनिरहेको छ ।