वैदेशिक रोजगारीमा लाखौँ ठगी, दुई जना पक्राउ « Khabarhub

वैदेशिक रोजगारीमा लाखौँ ठगी, दुई जना पक्राउ


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीको लागि विदेश पठाउने भन्दै ५१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका–१ बस्ने ३५ वर्षीय प्रेमबहादुर साउद तथा सुर्खेत सिम्ता गाउँपालिका–८ बस्ने २१ वर्षीय ललित बोहरा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धानकार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने, ‘बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाइ सम्पर्कविहीन भएकोमा पीडितहरूको उजुरीका आधारमा निज दुई जनालाई पक्राउ गरिएको हो ।’

पक्राउ परेकामध्ये साउदले तीन जनालाई आयरल्याण्ड पठाउने भन्दै रु ४१ लाख ९० हजार र बोहराले एक जनालाई युके पठाउने भन्दै दश लाख लिई ठगी गरेको खुल्नमा आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताए।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ७ : ५२ बजे

इरानमा प्रदर्शन दमनमा हजारौँको मृत्यु, तेहरानद्वारा अमेरिकालाई चेतावनी

पेरिस – तेहरानले वासिङ्टनलाई हस्तक्षेप नगर्न चेतावनी दिँदै सुरक्षा फौजले

प्रकाश सपुत भन्छन् : मतदाताको मुहारमा अन्तिम आसा र उत्साह देखेको छु

काठमाडौं – चर्चित कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न