भारतको आक्रमणबाट ११ सैनिक र ४० सर्वसाधारण मारिए : पाकिस्तान « Khabarhub

भारतको आक्रमणबाट ११ सैनिक र ४० सर्वसाधारण मारिए : पाकिस्तान


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- गत साता भारतसँगको तनावका क्रममा भएको हवाई तथा स्थल सेनाको भिडन्तमा कम्तीमा पनि ११ जना सैनिक मारिएको पाकिस्तानले स्वीकारेको छ ।

पाकिस्तानी सेनाले भारतको उक्त ‘कायरतापूर्ण आक्रमण’को प्रतिकार गर्दै गर्दा कम्तिमा ११ जना पाकिस्तानी सैनिक मारिएको जनाएको छ ।

उक्त भिडन्तका क्रममा ७८ जना सैनिक घाइते भएको पाकिस्तानी सेनाको जनसम्पर्क शाखा (आईएसपीआर)ले मंगलबार विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

यसरी हताहती हुने गरी भएको सैन्य तनाव भारतले पाहलगाम आक्रमणको दोष पाकिस्तानमाथि लगाएको आरोपपछि सुरू भएको थियो ।

मे ६–७ को राति भारतले ‘अपरेसन सिन्दूर’ अन्तर्गत पाकिस्तानमा हवाई आक्रमण गरेको थियो। जसमा कयौँ सर्वसाधारणको मृत्यु पनि भएको थियो।

त्यसपछि दुवै देशबीच मिसाइल आक्रमण सुरू भएको थियो। जुन क्रम एक साता चल्यो । अन्ततः अमेरिकी हस्तक्षेपपछि दुवै देश युद्ध रोक्न सहमत भएको पाकिस्तानी अनलाइन डनले उल्लेख गरेको छ ।

शनिबार दुवै देशबीचको तनाव उच्चतम बिन्दुमा पुग्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविरामको घोषणा गरेका थिए।

आईएसपीआरका अनुसार, भारतको आक्रमणमा ४० जना नागरिक मारिएका छन् । जसमा ७ जना महिला र १५ बालबालिका पनि थिए । त्यसक्रममा १२१ जना घाइते भएका छन्।

मारिएका सैनिकहरू

नायक अब्दुल रहमान

लान्स नायक दिलावर खान

लान्स नायक इक्रामुल्लाह

नायक वकार खालिद

सिपाही मुहम्मद अदिल अकबर

सिपाही निसार

पाकिस्तानी वायु सेनाका

स्क्वाड्रन लिडर उस्मान युसुफ

प्रमुख प्राविधिक औरन्गजेब

वरिष्ठ प्राविधिक नजीब

कर्पोरल प्राविधिक फारूक

वरिष्ठ प्राविधिक मुबाशिर

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ८ : ४० बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६