आज अमूर्त सम्पदा संरक्षणका लागि ‘धर्मपथ महोत्सव’ गरिँदै « Khabarhub

आज अमूर्त सम्पदा संरक्षणका लागि ‘धर्मपथ महोत्सव’ गरिँदै


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाले अमूर्त सम्पदाको संरक्षणका लागि आज ‘धर्मपथ महोत्सव’ आयोजना गर्दै छ । महानगरको वडा नं २३ को आयोजनामा धर्मपथमा महोत्सव गर्न लागिएको हो ।

विशेषगरी वडाभित्रका मौलिक चालचलन, रहनसहन, वाद्यवादन, गायन, नृत्यलगायत गुथि, खच, पुचले परम्पराका रूपमा मानेका, आफ्नै प्रयत्नले पनि धानेका सम्पदाको प्रवर्द्धनका लागि मेला आयोजना गरिएको वडाध्यक्ष मचाराजा महर्जनले जानकारी दिए । 

‘गुथिले नियमित चलाएका चलनसँगै यस्ता अमूर्त सम्पदाको संरक्षणका लागि वडाको सहयोगमा सांस्कृतिक प्रशिक्षण सञ्चालन भएका छन् । प्रशिक्षणबाट बादन, गायन, नृत्यलगायत सीप प्रदान भएको छ । मेलामा यी सीप प्रदर्शन हुनेछन’,  महर्जनले भने, ‘स्थानीय उत्पादन वृद्धिका लागि वडाले प्रदान गरेको सीपमूलक तथा व्यावसायिक तालिमबाट उत्पादित वस्तुको बजारीकरणका लागि पनि मेला आयोजना गरिएको हो ।’ 

मेलामा सांस्कृतिक कार्यक्रमसँगै, स्वास्थ्य परीक्षण शिविर, स्थानीय तथा मौलिक खाद्य परिकारका स्टल, स्थानीय उत्पादनमा हस्तकला तथा परम्परागत वस्तु तथा सामानको स्टल रहने छ । दिउँसो १ः०० बजेदेखि सुरु गरिने मेलाअन्तर्गत अपराह्‍न ४ः३० देखि ६ः०० बजेसम्म स्थानीय गुथि, खल, पुचका कलाकारको प्रस्तुति रहने छ । त्यसपछि कुटुम्ब ब्याण्डले प्रस्तुति दिने कार्यतालिका रहेको वडाध्यक्ष महर्जनको जानकारी दिए ।  

मेलाबाट वडाभित्रका अमूर्त सांस्कृतिक सम्पदाको पुस्तान्तरणमा सहयोग हुने, मौलिकता पहिचान प्रवर्द्धन हुने, स्थानीय आर्थिक, सामाजिक तथा सांस्कृतिक गतिविधिमा योगदान हुने, स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणमा सहयोग पुग्ने अपेक्षा रहेको वडाध्यक्ष महर्जनको भनाइ छ । मेला गत चैतमा कामपाकै वडा नम्बर १५ ले पनि आयोजना गरिसकेको छ ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ७ : ५७ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल