इरानको चेतावनी- इजरायलले ‘गम्भीर मूल्य चुकाउनुपर्नेछ’ « Khabarhub

इरानको चेतावनी- इजरायलले ‘गम्भीर मूल्य चुकाउनुपर्नेछ’


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानले शुक्रबार सबेरै भएको आक्रमणको इजरायलले गम्भीर मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ।

इरानी सशस्त्र सेनाका प्रवक्ता अबोलफज्ल शेकार्चीले इजरायलले गरेको आक्रमणको ‘गम्भीर मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन्।

इजरायलको आक्रमणले इरानको ‘कमाण्ड एन्ड कन्ट्रोल’ प्रणाली ध्वस्त पार्न खोजेको पनि इरानी सेनाले जनाएको छ।

इजरायलको आक्रमण इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रम र आणविक कार्यक्रम दुवैलाई लक्षित गरेर गरिएको हो।

‘यो अत्यन्तै जटिल र तहगत आक्रमण हो, र म यसलाई केवल आणविक कार्यक्रममाथिको हमला भनेर मात्र हेर्दिन’, एक इरानी सैन्य अधिकारले भने।

आक्रमणमा इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) का नेताहरू र इरानी आणविक वैज्ञानिकको हत्या गरिएको छ।

इजरायलीहरूले पूरै इरानी सैन्य प्रणालीलाई नै लक्ष्य बनाएका छन्। उनीहरू कुनै न कुनै रूपमा त्यसलाई ध्वस्त पार्ने र ‘कमाण्ड एन्ड कन्ट्रोल’ प्रणालीलाई नै नष्ट गर्ने प्रयास गरिरहेका छन्।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ९ : १६ बजे

प्रि ओपन सेसन : साढे ४ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– बिहिबार सुनचाँदीको मूल्यमा केही थपघट भएको छ । नेपाल सुनचाँदी

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

प्रोत्साहन कार्यक्रमले उद्यमशील बन्दै पौवादुङमाका महिला

भोजपुर– पौवादुङमा गाउँपालिकाले ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत महिलालाई उद्यमशीलता, स्वरोजगार र

देशभर चिसो बढ्यो : एक सातामा कति घट्यो तापक्रम ?

काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर चिसो ह्वात्तै बढेको छ ।