इजरायली आक्रमणबाट इरानमा को–को मारिए ? « Khabarhub

इजरायली आक्रमणबाट इरानमा को–को मारिए ?


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार सबेरै इजरायलले इरानी भूमिलाई लक्षित गरी आक्रमण गरेको छ । इजरायलले यस सैन्य कारवाहीलाई ‘अपरेशन राइजिङ लायन’ नाम दिएको छ ।

इजरायलले इरानका आणविक केन्द्र तथा सैन्य मुख्यालयलाई लक्षित गरी आक्रमण गरेको जनाइएको छ । यससँगै मध्यपूर्वमा हिंसा र द्वन्द्वको क्रम अझ चर्किने संकेत देखिएको छ ।

इजरायली आक्रमणको जवाफमा इरानले पनि एक सयभन्दा धेरै चालकरहित हवाइ उपकरण ‘ड्रोन’ आक्रमण गरेको छ । यसको प्रतिकार गर्न इजरायलले आफ्नो लडाकु विमानलाई तयारी अवस्थामा राखेको छ ।

इजरायलले इरानको राजधानी तेहरान र आसपासका क्षेत्र, आणविक केन्द्र रहेको नटान्ज शहर, ताब्रिज शहर, इस्फहान शहर, अरक शहर र केर्मान्शा शहरमा आक्रमण गरेको अल जजीराले जनाएको छ । सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरुमा पूर्वाधारमा क्षति पुगेको देखिन्छ ।

इरानी सञ्चार माध्यमलाई उद्धृत गर्दै अल जजीरलाले जनाएअनुसार इजरायली आक्रमणमा इरानको अर्धसैनिक बल इस्लामिक रिभल्युसनरी गार्ड कोर (आईआरजीसी) का सेनापति होसेन सलामी, इरानी सेनाका प्रमुख मोहम्मद बघेरी मारिएका छन् ।

सन् १९७९ मा भएको इस्लामिक क्रान्तिको रक्षा गर्नका लागि इरानमा आईआरजीसीको स्थापना गरिएको हो । यस संगठन इरानको राष्ट्रिय सेनाभन्दा शक्तिशाली र मजबुत मानिन्छ ।

त्यसबाहेक इरानका सर्वोच्च नेता सैयद अली खामेनाइका सल्लाहकार अली शम्खानी इजरायली आक्रमणमा गम्भीर घाइते भएको राज्यसञ्चालित नूर समाचार संस्थाले जनाएको छ । इजरायली आक्रमणमा खतम अल अन्बिया नामक सशस्त्र बलका मेजर जनरल गोलामली रशिद पनि मारिएका छन् ।

त्यसैगरी, इजरायली आक्रमणमा इरानका आणविक वैज्ञानिकहरु पनि मारिएका छन् । समाचारमा जनाइएअनुसार इरानको इस्लामिक आजाद विश्वविद्यालयका प्रमुख एवम् वरिष्ठ आणविक वैज्ञानिक मोहम्मद तेहरानची र इरानको आणविक ऊर्जा संगठनका पूर्वप्रमुख एवम् अर्का वरिष्ठ आणविक वैज्ञानिक फेरेदून अब्बासी पनि मारिएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  १२ : २४ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक