इरानमा इजरायली आक्रमणपछि अमेरिकाले के भन्यो ? « Khabarhub

इरानमा इजरायली आक्रमणपछि अमेरिकाले के भन्यो ?


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबार सबेरै इजरायलले इरानी भूमिलाई लक्षित गरी सैन्य कारवाही गरेको छ । इजरायलले इरानको सैन्य एवम् आणविक पूर्वाधारलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ ।

इजरायली आक्रमणमा इरानका वरिष्ठ सैन्य अधिकारीसहित आणविक वैज्ञानिक पनि मारिएका छन् । इरानले आक्रमणको बदला लिने चेतवानी दिएको छ ।

अहिले अमेरिकाले इरानसँग नयाँ आणविक सम्झौता गर्न वार्ता गरिरहेको छ । यस्तो अवस्थामा इजरायलले गरेको आक्रमणबारे अमेरिकाले संयमित प्रतिक्रिया दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने विषयमा अमेरिकाको कुनै संलग्नता नरहेको प्रष्ट पारेका छन् । अमेरिकाको फक्स न्यूजसँगको कुराकानीका क्रममा राष्ट्रपति ट्रम्पले इजरायली आक्रमणमा अमेरिकाको कुनै संलग्नता नरहेको बताएका हुन् ।

इरानले आणविक बम प्राप्त गर्न नहुने अडानमा अमेरिका अझै दृढ रहेको उनको भनाइ छ । इरानले प्रतिकार गरे अमेरिकाले इजरायलले सहयोग गर्ने पनि राष्ट्रपति ट्रम्पले उल्लेख गरे ।

उनले शुक्रबार बिहान राष्ट्रिय सुरक्षा परिषदको बैठक डाक्ने अपेक्षा गरिएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि इजरायली आक्रमणमा अमेरिकी संलग्नता नरहेको बताएका छन् ।

विज्ञप्ति जारी गर्दै उनले सो क्षेत्रमा रहेका अमेरिकी सैनिकको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताए । अमेरिकी हित वा व्यक्तिहरुलाई लक्षित गरी आक्रमण नगर्न पनि उनले इरानलाई चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  १२ : ३७ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित