इरानमा इजरायली आक्रमणपछि अमेरिकाले के भन्यो ? « Khabarhub

इरानमा इजरायली आक्रमणपछि अमेरिकाले के भन्यो ?


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबार सबेरै इजरायलले इरानी भूमिलाई लक्षित गरी सैन्य कारवाही गरेको छ । इजरायलले इरानको सैन्य एवम् आणविक पूर्वाधारलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ ।

इजरायली आक्रमणमा इरानका वरिष्ठ सैन्य अधिकारीसहित आणविक वैज्ञानिक पनि मारिएका छन् । इरानले आक्रमणको बदला लिने चेतवानी दिएको छ ।

अहिले अमेरिकाले इरानसँग नयाँ आणविक सम्झौता गर्न वार्ता गरिरहेको छ । यस्तो अवस्थामा इजरायलले गरेको आक्रमणबारे अमेरिकाले संयमित प्रतिक्रिया दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने विषयमा अमेरिकाको कुनै संलग्नता नरहेको प्रष्ट पारेका छन् । अमेरिकाको फक्स न्यूजसँगको कुराकानीका क्रममा राष्ट्रपति ट्रम्पले इजरायली आक्रमणमा अमेरिकाको कुनै संलग्नता नरहेको बताएका हुन् ।

इरानले आणविक बम प्राप्त गर्न नहुने अडानमा अमेरिका अझै दृढ रहेको उनको भनाइ छ । इरानले प्रतिकार गरे अमेरिकाले इजरायलले सहयोग गर्ने पनि राष्ट्रपति ट्रम्पले उल्लेख गरे ।

उनले शुक्रबार बिहान राष्ट्रिय सुरक्षा परिषदको बैठक डाक्ने अपेक्षा गरिएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि इजरायली आक्रमणमा अमेरिकी संलग्नता नरहेको बताएका छन् ।

विज्ञप्ति जारी गर्दै उनले सो क्षेत्रमा रहेका अमेरिकी सैनिकको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताए । अमेरिकी हित वा व्यक्तिहरुलाई लक्षित गरी आक्रमण नगर्न पनि उनले इरानलाई चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  १२ : ३७ बजे

कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव

काठमाडौँ– सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको अकल्पनीय विकाससँगै नेपाली

विश्वकप : अमेरिका र बेल्जियमको खेलको टिकटदर ३० प्रतिशत घट्यो

काठमाडौँ – सन् २०२६ विश्वकप फुटबल अन्तर्गत सोमबार अमेरिका र

इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर

तेहरान – अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा मारिएका इरानका

हात्ती धपाउन खोज्दा घरमा आगलागी : आमा छोराको मृत्यु

चितवन – चितवनमा जंगली हात्तीको आक्रमण र आगलागीबाट आमा–छोराको मृत्यु

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही– सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ ।