इजरायली सेनाद्वारा इरानले प्रहार गरेका ड्रोन निस्तेज पार्न शुरु « Khabarhub

इजरायली सेनाद्वारा इरानले प्रहार गरेका ड्रोन निस्तेज पार्न शुरु


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली सेनाले इरानले प्रहार गरेका चालकरहित हवाइ उपकरण ड्रोन निस्तेज पार्न थालेको छ । इजरायली आक्रमणको बदलामा इरानले एक सयभन्दा धेरै ड्रोन प्रहार गरेको थियो ।

इजरायली रक्षा बलका अनुसार इजरायलबाहिरको आकाशमा ती ड्रोन निस्तेज पार्न थालिएको हो । ‘इजरायली रक्षा बलले इरानबाट प्रहार भएका चालकरहित हवाइ उपकरण इजरायली भूमिबाहिर निस्तेज पार्न थालेको छ ।’ इजरायली सेनाका अधिकारीलाई उद्धृत गर्दै अमेरिकी टेलिभिजन सीएनएनले जनाएको छ ।

शुक्रबार बिहान इजरायलले गरेको आक्रमणमा इरानका वरिष्ठ सैनिक अधिकारी एवम् आणविक वैज्ञानिकको ज्यान गएको थियो । इजरायल र इरानबीच द्वन्द्व बढ्दै जाँदा मध्यपूर्वमा थप हिंसा चर्किने चिन्ता बढेर गएको छ ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  १२ : ४८ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक