राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छ : सभामुख  « Khabarhub

राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छ : सभामुख 


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पाटन– सभामुख देवराज घिमिरेले राज्यले मातृभाषा संरक्षणका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिएका छन्।

नेवा पत्रकार राष्ट्रिय दबूको आयोजनामा आज ललितपुरमा भएको दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको उद्‌घाटन गर्दै उनले मातृभाषामा पत्रकारिता गर्ने सन्दर्भमा पनि चुनौती देखापरिरहेका भन्दै यसलाई संरक्षणका लागि ध्यान दिनुपर्ने धारणा राखे ।

‘अन्तराष्ट्रिय सम्मेलनबाट तयार हुने महत्वपूर्ण दस्तावेज मातृभाषाको संरक्षण गर्दै राष्ट्रलाई बलियो बनाउने सन्दर्भमा उपयोगी हुनेछ । पछिल्लो समय प्राप्त राजनीतिक उपलब्धि संरक्षणका लागि काम भइरहेका छन् । देशका १२४ जातजातिका साथै लोपोन्मुखको संरक्षणका लागि काम भइरहेका छन् । देशका ६२ भाषा संरक्षणमा रासस, सार्वजनिक प्रसारण संस्था र गोरखापत्रले पनि काम गर्दै आएका छन्, यो राम्रो काम हो,’ सभामुख घिमिरेले भने।
 
उनले अन्तर्राष्ट्रिय सम्मेलन विभिन्न जातजातिको अवस्थिति, संस्कृतिको संरक्षण र एकअर्कालाई विचारहरू सम्प्रेषण गर्ने सन्दर्भमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। नेपालका प्रथम मातृभाषा पत्रकार धर्मदित्य धर्माचार्यद्वारा मातृभाषामा पत्रकारिता आरम्भ गरिएको १०१औँ वार्षिकीको स्मरण गर्दै भएको यो सम्मेलन विशेष महत्वको भएको बताउँदै सभामुख घिमिरेले धर्माचार्यको कार्यले मातृभाषा पत्रकारिताको जग बसाएको बताए।
 
सार्वजनिक प्रसारण संस्थाका अध्यक्ष डा महेन्द्र विष्टले मातृभाषा पत्रकारिता प्रवर्द्धनका लागि लामो समयदेखि योगदान हुँदै आएको बताउँदै यसले समुदायमा सूचना र समाचार प्रवाहमा प्रभावकारी भूमिका खेल्ने बताए।

सम्मेलनका संयोजक एवम् नेवा पत्रकार दबूका वरिष्ठ उपाध्यक्ष सुनिल महर्जनले नेपालको हरेक राजनीतिक परिवर्तनमा मातृभाषा पत्रकारिताले उल्लेख्य योगदान पुर्‍याएको र यसले सामाजिक र सांस्कृतिक जागरणका लागि महत्वपूर्ण भूमिका खेलेको धारणा राखे । संविधानले नेपालका सबै भाषालाई राष्ट्रभाषाका रूपमा लिएको र यो आजको व्यवस्थाको उपलब्धि भएको उनको भनाइ थियो ।

नेवा पत्रकार राष्ट्रिय दबूका महासचिव के के मानन्धरले १३ वर्ष अगाडि स्थापना भएको नेवार पत्रकारहरूको यस संस्थाले पत्रकारको हकहित, अभिव्यक्ति स्वतन्त्रताको पैरवीका साथै समावेशी पत्रकारिता र मातृभाषा पत्रकारितालाई अगाडि बढाउने सन्दर्भमा सक्रियतापूर्वक लागिपरेको बताए।

यसअघि २०८१ साल जेठ १९ र २० गते प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न भएको थियो । 

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  १ : ०७ बजे

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय