इजरायली आक्रमणपछि इरानी आणविक केन्द्रमा कालो धुवाँको बाक्लो मुस्लो « Khabarhub

इजरायली आक्रमणपछि इरानी आणविक केन्द्रमा कालो धुवाँको बाक्लो मुस्लो


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


993
Shares
  • change font
  • change font
  • change font

काठमडौं– इजरायलले शुक्रबार सबेरै इरानमा आक्रमण गरेको छ । इजरायलले इरानका विभिन्न शहर तथा आणविक केन्द्रलाई लक्षित गरी आक्रमण गरेको हो ।

इजरायलले यस आक्रमणलाई ‘अपरेशन राइजिङ लायन’ नाम दिएको छ । इजरायलले इरानको नटान्ज आणविक केन्द्रमा पनि आक्रमण गरेको छ । इजरायली आक्रमणपछि उक्त आणविक केन्द्रबाट कालो धुवाँको बाक्लो मुस्लो निस्केको देखिएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा नटान्ज आणविक केन्द्रबाट कालो धुवाँको बाक्लो मुस्लो निस्किरहेको देखिन्छ । यद्यपि सो केन्द्रबाट रेडियोधर्मी पदार्थ चुहावट भए नभएको बारे स्पष्ट भइसकेको छैन ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय आईएईएले भने नटान्ज आणविक केन्द्रबाट कुनै किसिमको रेडियोधर्मी पदार्थ चुहावट नभएको बताएको छ ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  १ : ३७ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक