इजरायली आक्रमणपछि इरानी राजगद्दीका उत्तराधिकारी : इस्लामिक गणतन्त्र फालौँ « Khabarhub

इजरायली आक्रमणपछि इरानी राजगद्दीका उत्तराधिकारी : इस्लामिक गणतन्त्र फालौँ


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानी राजगद्दीका उत्तराधिकारी रेजा पह्लावीले जनतालाई इस्लामिक गणतन्त्रलाई उखेलेर फाल्न आह्वान गरेका छन् । सामाजिक सञ्जाल एक्समा फारसी भाषामा पोस्ट गर्दै पूर्वराजा मोहम्मद रेजा पह्लावीका छोरा एवम् पह्लावी वंशका उत्तराधिकारी रेजा पह्लावीले यस्तो आह्वान गरेका हुन् ।

शुक्रबार एक्समा पोस्ट गर्दै उनले इजरायल र अमेरिकाविरुद्ध हुनसक्ने युद्ध इरान वा इरानी जनताको युद्ध नभइ ‘खामेनी र इस्लामिक गणतन्त्रको युद्ध’ हुने बताएका छन् । उनले इरानका सुरक्षाबललाई इस्लामिक गणतन्त्रको नभइ जनताको साथ दिन समेत आह्वान गरेका छन् ।

उनले इस्लामिक गणतन्त्रका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईले इरानी जनतामाथि जबरजस्ती युद्धको भारी बोकाउन खाजेको पनि आरोप लगाए । आयातोल्लाह खामेनीले भारी बोकाउन खोजेको युद्ध इरानी जनताको चाहनाविपरीत रहेको उल्लेख गरेका छन् ।

‘इरानीविरुद्धको इस्लामिक गणतन्त्र सत्ताका बेपरवाह नेता अली खामेनेईले फेरि एक पटक हाम्रो देशलाई युद्धमा होमेका छन्’, पह्लावीले लेखेका छन्, ‘यो इरानको युद्ध होइन, इरानी जनताको युद्ध पनि होइन । यो खामेनेईको युद्ध हो र इस्लामिक गणतन्त्रको युद्ध हो ।’

इजरायलले इरानका पूर्वाधार र सैन्य संरचना एवम् अधिकारीलाई लक्षित गरी आक्रमण गरेसँगै मध्यपूर्वमा सैन्य तनाव बढिरहेका बेला पह्लावीको यस्तो भनाइ आएको हो । पह्लावीले इरानी सुरक्षा बललाई जनताको पक्षमा उभिन समेत अपिल गरेका छन् ।

‘यो सत्ता र यसका भ्रष्ट, अयोग्य नेताहरुले तपाईँको जीवन वा हाम्रो इरानको भविष्यलाई मतलब गर्दैनन् ।’ उनले भनेका छन् । पछिल्लो घटनाक्रमलाई उनले ‘इरानी राष्ट्र र विध्वंशकारी इस्लामिक गणतन्त्रबीचको लडाइँ’ को संज्ञा दिएका छन् । उनले जनतालाई आन्दोलन र हड्तालमा उत्रिन समेत आह्वान गरेका छन् ।

‘यस्तो कठिन घडिमा म तपाईँहरुसँगै उभिएको छु ।’ उनले लेखेका छन्, ‘यो युद्धमा हमी एकैठाउँमा छौँ र हामी विजयी हुनेछौँ ।’

सन् १९७९ मा इरानमा आयातोल्लाह रोहल्ला खोमेनीको नेतृत्वमा भएको इस्लामिक क्रान्तिपछि उनी अमेरिकामा निर्वासित जीवन बिताइरहेका छन् । इस्लामिक क्रान्तिपछि इरानमा राजतन्त्रको अन्त्य भइ इस्लामिक गणतन्त्रको स्थापना भएको थियो ।

रेजा पह्लावी उक्त क्रान्तिले अपदस्थ गरेका राजा मोहम्मद रेजा पह्लावीका जेठा छोरा हुन् । उनी इरानी गद्दीका उत्तराधिकारी पनि हुन् ।

आफू इरानी गद्दीको उत्तराधिकारी भएपनि उनी इरानमा राजतन्त्र पुनस्र्थापनाको पक्षमा नरहेको बताइन्छ । उनले इरानमा स्वतन्त्र एवम् लोकतान्त्रिक भविष्यको वकालत गर्दै आएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  २ : २३ बजे

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा

रुपन्देही अदालतमा प्रक्रिया पूरा गरेपछि थुनामुक्त भए रवि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा

बङ्गलादेशको अखवार भवनमा आगलागी, २५ जना पत्रकारको उद्धार

ढाका- ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी

मिर्चैया अस्पतालको पुरानो भवनबाट नगरपालिकाको सेवा सुरु

सिरहा– यहाँको मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा