नेपाल कसैको मातहतमा रहँदैन, विदेशी शक्तिलाई ढिम्किनसमेत दिइँदैन : प्रधानमन्त्री ओली « Khabarhub

नेपाल कसैको मातहतमा रहँदैन, विदेशी शक्तिलाई ढिम्किनसमेत दिइँदैन : प्रधानमन्त्री ओली


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैको मातहतमा नरहेको र कहिल्यै नरहने बताएका छन् । उनले आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु) को ३०औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई सम्बोधन गर्दै नेपाल सानो राष्ट्र भए पनि कसैको दयामायाले मातहतमा नरहेको उल्लेख गर्दै स्वाधीनताका साथ बसेको बताए । 

‘दुनियाँमा नेपाल नेभर पोलोनाइज, कसैको मातहतमा रहेन र रहँदैन पनि, विदेशी शक्तिलाई ढिम्किनसमेत दिइएन, बरु तोपसँग पुर्खाले चक्कु लिएर तोपलाई हराएर देशको स्वाधीनता बचाएका हुन्’, काठमाडौँ विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले भने । उनले ‘नेपाली बहादुर’ मात्रैको परिचयले नपुग्ने भएकाले नेपाली राम्रो जनशक्ति पनि हो भनेर परिचय थप्नुपर्ने बताए  । 

प्रधानमन्त्री ओलीले ‘अब नेपालको परिचय इमानदार, मेहनती र शालीन व्यक्तिको देश’ भनी परिचित गराउनुपर्ने बताए । उनले भने, ‘नेपाल सभ्य देखिनुपर्छ, दक्ष जनशक्ति भएको नेपाल, अब रोजगार खोज्ने हैन, रोजगारी दिने गरी सक्षम बन्नुपर्छ ।’

उनले इतिहासका तथ्यहरूले पहिलेदेखिनै नेपालमा ‘रिसर्चर’ भएको देखिएको उल्लेख गर्दै तुलसी, बरपीपललगायत वनस्पतिको महत्त्व पुर्खाले नै पत्ता लगाएको बताए । ‘अब हाम्रा विद्यार्थी, सीपयुक्त जनशक्तिले रिसर्च र इनोभेसनमा लाग्नुपर्छ’, उनले भने । 

विश्व–पृथ्वी, जल, नक्षेत्र, ब्रमाण्ड शान्ति भनिरहेको अवस्थामा जल, वायु र आकाशमा अशान्ति नहोस् भनी कामना गरिरहेकाले हामी पनि सोहीअनुसार कर्म गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताए । ‘पूर्वजदेखि नै सबै क्षेत्रमा शान्ति हुनुपर्छ भन्दै आएका थिए, यसकारण पनि समृद्ध–नेपाल, सुखी–नेपाली भनिएको हो’, उनले भने। 

प्रधानमन्त्री ओलीले अध्ययन कहिल्यै नसकिने भएकाले आफ्ना ज्ञानलाई व्यवहारमा उतार्दै आइपरेका नयाँ चुनौतीलाई मौलिक ढङ्गले समाधान गर्दै अगाडी बढ्न दीक्षित विद्यार्थीलाई शुभकामना दिए ।

‘नेपालको शैक्षिक स्तर खस्केको भनाइलाई चिर्न अझ तपाईँहरूको योगदान उच्च रहनेछ, हाम्रो देशबाट विदेशमा गएर चिकित्सक र नर्सले उत्कृष्ट भएर काम गरेका छन्, हाम्रो शिक्षा गुणस्तरीय नभएको भए कसरी विकसित देशले हाम्रा उनीहरूलाई काम लगाइराखेका छन् ?’ उनले प्रश्न गरे । 

नेपालको शिक्षा उत्कृष्ट भएर नै देश विदेशमा हाम्रो जनशक्तिले उत्कृष्ट सेवा प्रदान गर्न सकेको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘विद्याले सबै दिन्छ, तर घमन्ड त्याग्नुपर्छ, मित्रता बढाउनुस् सेवा भावले काम गर्नुस् । जीवनशैलीलाई शालीनतामा बदल्नुस्’, उनले सुझाव दिए । सो अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र समेत प्रदान गरेका थिए  । रासस

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ३ : १२ बजे

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र