विमान दुर्घटनाको शोकमा बलिउड कलाकारले रोके काम « Khabarhub

विमान दुर्घटनाको शोकमा बलिउड कलाकारले रोके काम


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको अहमदाबादमा बिहीबार भएको विमान दुर्घटनामा बलिउड कलाकारहरुले दुख व्यक्त गरेका छन् ।

दुर्घटनामा ज्यान गुमाएको शोकमा केही कलाकारहरुले आफ्नो काम समेत रोकेका छन् ।

नायक सलमान खान उपस्थित हुने भनिएको ‘इन्डिउन सुपरक्रस रेसिङ लिग’को पत्रकार सम्मेलन रोकिएको छ । आयोजकले बिहीबार तय गरेको पत्रकार सम्मलेन सलमानको कारण रोक्नु परेको एक वक्तव्य सार्वजनिक गरेको छ ।

उक्त वक्तव्यमा अगाडि लेखिएको छ, ‘दुर्घटनाको खबर हामी सबैलाई प्राप्त भएको छ। इन्डियन सुपरक्रस रेसिङ लिग र सलमान खान यो कठिन समयमा देशको साथमा उभिएका छौं ।’

नायिक प्रियंका चोपडाले पनि दुर्घटनाप्रति दुख व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, ‘एयर इन्डिया दुर्घटनाबाट प्रभावित सबै मानिसहरूका लागि म प्रार्थना गरिरहेको छु । साथै, जस परिवारहरूले यस दुःखद घटनामा ठूलो क्षति भोग्नुपरेको छ, उहाँलाई पनि धैर्य गर्ने शक्ति मिलोस् भन्ने प्रार्थना गर्दछु।’

यो पनि : एयर इन्डियाको विमान दुर्घटनापछि शोकमा डुब्यो भारत, एक यात्रु जीवितै भेटिए

नायक अक्षय कुमारले आफ्नो फिल्म ‘कन्नप्पा’को ट्रेलर रिलिज कार्यक्रम रोकेका छन् । शुक्रबार हुने भनिएको यो कार्यक्रमा उनले रोकेका हुन् ।

त्यस्तै, नायक शाहरुख खानले ‘दुर्घटनाको खबरले दुखित बनाएको’ सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

नायक सनी देवलले दुर्घटनामा बाचेको व्यक्तिको उपचारको चिन्ता गरेका छन् । लेखेका छन्, ‘बाँचेका व्यक्तिको स्वास्थ लाभको कामना गर्छु । उनले आवश्यक उपचार पाउन् ।’ उनले मृतकको आत्माप्रति चीर शान्तिको पनि कामना गरेका छन् ।

आमिर खानले आफ्नो प्रोडक्सन हाउसको तर्फबाट इन्स्टाग्राममार्फत शोक प्रकट गरेका छन् ।

साथै, नायिका करिना कपुर, सोनु सुद, रितेश देशमुख, परिणीति चोपडा, आलिया भट्ट, दिशा पटानीलगायत कलाकारले दुर्घटानले आफूहरुलाई दुखी बनाएको सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ५ : २३ बजे

उज्यालोका नेता भन्छन : सुदनजीले कुलमान दाइलाई फिल्मी शैलीमा उठाएर लगे

काठमाडौं- बौद्धस्थित एक होटलमा समानुपातिकको बन्दसूचीमा रहने ११० जनाको नाम

कुलमान पक्ष भन्छ : वार्ता भइरहेको छ, तर मिल्ने सम्भावना कमजोर

काठमाडौं- उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका

सीमान्तकृत समुदायका लागि नीतिगत सुधारबारे बहस

काठमाडौं– सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्कृत समुदायको सशक्तीकरणका लागि आवश्यक

प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग आज राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार

डा.अरुणको उम्मेदवारी खारेजीविरुद्धको रिटमा अन्तरिम आदेश

काठमाडौं– आसन्न नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको उपाध्यक्ष तथा