संसद्को गतिरोध यथावत, माओवादीलाई बोल्न दिँदा रास्वपा र राप्रपाले जनाए विरोध « Khabarhub

संसद्को गतिरोध यथावत, माओवादीलाई बोल्न दिँदा रास्वपा र राप्रपाले जनाए विरोध


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको बैठक सुरू भएको छ ।

भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबीच देखिएको मतभिन्नतबारे सहमति जुटाउन दलहरू आन्तरिक र बाह्य छलफलमा जुटेका कारण शुक्रबार पनि ढिलो गरी बैठक सुरू भएको हो ।

दिउँसो सवा ३ बजेका लागि सारिएको बैठक अपरान्ह पौने ५ बजेपछि सुरू भएको छ । यसअघि बिहीबार संसद् स्थगित गर्दा सभामुख देवराज घिमिरेले दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए ।

संसद् सुरू भए पनि प्रतिपक्षी दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधका कारण अगाडि बढ्न सकेको छैन ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले सत्तापक्षसँग सहमति गरे पनि उनीहरू पूर्ववत् अडानमा यथावत छन् ।

बैठक सुरू भएलगत्तै सभामुख घिमिरेले माओवादी केन्द्रका प्रमुख हितराज पाण्डेलाई बोल्ने समय दिएका छन् । तर, विपक्षी दलहरू आशनबाट उठेर विरोध गरिरहेका छन् ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ४ : ५५ बजे

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र