माओवादीले संसद्‍मा भन्यो- सरकारले भ्रष्टाचारको छानबिन गर्ने विश्वासमा संसद् खोलेका छौँ « Khabarhub

माओवादीले संसद्‍मा भन्यो- सरकारले भ्रष्टाचारको छानबिन गर्ने विश्वासमा संसद् खोलेका छौँ


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा सेटिङसहितका भ्रष्टाचार प्रकरणमा सरकारले छानबिन गर्ने विश्वाससहित संसद् खोलेको बताएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा संसद् सुरू प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधका बीच आफ्नो भनाइ राख्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले यसो भनेका हुन् ।

‘हामीले भिजिट भिसासहितका प्रकरणलाई लिएर दुई सातादेखि संसद्मा अवरोध गरेका थियौँ’, उनले भने, ‘तर हामीले यसबीचमा गरेको संवादपछि सरकारले यी प्रकरणसहितका भ्रष्टाचारको छानबिन गर्ने विश्वास पाएका छौँ । सरकारले छानबिन गर्ने भएकाले अब हामी जनजीविकाका सवाल उठाउन संसद् खुलाउने निर्णयमा पुगेका छौँ ।’

उनले बोल्दै गर्दा विपक्षी रास्वपा र राप्रपाले टेबल बजाउँदै उठेर विरोध गरिरहेका थिए । माओवादीले शुक्रबार सत्तारुढ दलसँग दुई बुँदे सहमति गर्दै आफ्नो आन्दोलन टुंग्याएको छ। तर उक्त सहमतिमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समित दुवै समावेश छैनन् ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ५ : १३ बजे

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र