संसद्‍मा गृहमन्त्रीको जवाफ- भिजिट भिसामा मेरो संलग्नता छैन, कर्मचारीको बदमासीमा राजीनामा दिनु पर्दैन « Khabarhub

संसद्‍मा गृहमन्त्रीको जवाफ- भिजिट भिसामा मेरो संलग्नता छैन, कर्मचारीको बदमासीमा राजीनामा दिनु पर्दैन


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिन आफ्नो कारण प्रभावित नहुने बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलहरूको अवरोधबीच बोल्ने क्रममा उनले आफूलाई राजनीतिक रुपमा फसाउन खोजिएको पनि बताएका छन् ।

‘भिजिट भिसा प्रकरणमा अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा खटाइएका कर्मचारी जोडिँदैमा मेरो संल्नता भएको भनेर मलाई बदनाम गर्न खोजियो’, उनले भने, ‘उक्त प्रकरणमा मेरो संलग्नता एक छैन, दुई छैन, तीन छैन। यसमा म प्रष्ट छु ।’

लेखकले अख्तियारले गरिरहेको छानबिनमा सहयोग गर्ने बताउँदै आवश्यक परेमा उपस्थित हुन तयार रहेको पनि बताएका छन् । लेखकले कर्मचारी जोडिँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने कुरा बिल्कुल गलत र अनुचित रहेको पनि जिकिर गरेका छन्।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ५ : २७ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी