संसद्‍मा गृहमन्त्रीको जवाफ- भिजिट भिसामा मेरो संलग्नता छैन, कर्मचारीको बदमासीमा राजीनामा दिनु पर्दैन « Khabarhub

संसद्‍मा गृहमन्त्रीको जवाफ- भिजिट भिसामा मेरो संलग्नता छैन, कर्मचारीको बदमासीमा राजीनामा दिनु पर्दैन


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिन आफ्नो कारण प्रभावित नहुने बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलहरूको अवरोधबीच बोल्ने क्रममा उनले आफूलाई राजनीतिक रुपमा फसाउन खोजिएको पनि बताएका छन् ।

‘भिजिट भिसा प्रकरणमा अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा खटाइएका कर्मचारी जोडिँदैमा मेरो संल्नता भएको भनेर मलाई बदनाम गर्न खोजियो’, उनले भने, ‘उक्त प्रकरणमा मेरो संलग्नता एक छैन, दुई छैन, तीन छैन। यसमा म प्रष्ट छु ।’

लेखकले अख्तियारले गरिरहेको छानबिनमा सहयोग गर्ने बताउँदै आवश्यक परेमा उपस्थित हुन तयार रहेको पनि बताएका छन् । लेखकले कर्मचारी जोडिँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने कुरा बिल्कुल गलत र अनुचित रहेको पनि जिकिर गरेका छन्।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ५ : २७ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी