संसद्को रोचक दृश्य : मौनधारण गराएर सभामुखले चुप बनाए नारा लगाइरहेका रास्वपा सांसद « Khabarhub

संसद्को रोचक दृश्य : मौनधारण गराएर सभामुखले चुप बनाए नारा लगाइरहेका रास्वपा सांसद


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आन्दोलित विपक्षीमध्ये नेकपा माओवादीले शुक्रबारदेखि संसद् खुलाउने निर्णय गरेको छ।

नेपाली कांग्रेस र नेकपा एमालेसँग दुई बुँदे सहमति गर्दै आन्दोलनबाट हात उठाएपछि अन्य दुई विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जारी राखेका छन् ।

उनीहरूमध्ये रास्वपाले शुक्रबार गृहमन्त्री लेखकले बोलिरहँदा वेल घेराउ गरेर नाराबाजी गर्‍यो भने राप्रपा चाहिँ आशनबाट मात्रै उठिरह्यो ।

जेठ १३ गतेदेखि जारी संसद्को अवरोध माओवादीले हटाएपछि सभामुख देवराज घिमिरेले अन्य विपक्षीलाई भने पेल्ने नीति लिए। त्यहीअनुसार उनले लेखकलाई विरोधबीच बोल्न दिए ।

दुई विपक्षीलाई पेलेर भए पनि सभामुखले लेखकलाई भिजिट भिसाबारेमा जवाफ दिन समय दिए । उनी रोस्ट्रममा उक्लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद्हरूले वेल घेराउसहित नाराबाजी गरे ।

गृहमन्त्रीलाई बोल्न दिएका सभामुखले भ्रष्टाचारको आरोपमा निलम्बित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निलम्बित भएको सूचना र अर्को शोक प्रस्ताव पनि पढे । तर कार्यसूचीका अरू विषय स्थगित गरिदिए ।

शुक्रबार बसेको संसद् बैठकको अन्तिममा एउटा रोचक दृश्य देखियो । रास्वपाका सांसदहरू वेल घैराउसहित नाराबाजी गरिरहेका थिए । त्यही बेला सभामुख घिमिरेले शोक प्रस्ताव पेस गरे । रास्वपाको नाराबाजीबीच शोक प्रस्ताव पनि पारित भएको घोषणा गरे

माओवादीबाट निर्वाचित संविधानसभा सदस्य वीरेन्द्र जुहारचनको निधनको शोकमा सबै सांसदहरूलाई मौन धारणका लागि घिमिरेले अनुरोध गरे । उनको आग्रहपछि कुर्सीमा बसेका सबै सांसद उठे । उता नाराबाजी गरिरहेका रास्वपाका सांसदहरूलाई समस्या पर्‍यो । उनीहरू वेल घेराउ गरिरहेकै बेला तनक्क तन्किँदै टाउको झुकाउन थाले ।

मौनधारणको मौकामा रास्वपाका सांसद चुप लागेको बेला संसद् बैठक असार १ गतेसम्मलाई स्थगित गरेर सभामुख घिमिरे बाटो लागे । गृहमन्त्रीविरुद्ध नाराबाजी गरिरहेका रास्वपा सांसदहरूलाई बैठकको अन्तिममा शोक प्रस्ताव राखेर सभामुखले चुप लगाउँदै हिँडे ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ६ : ४१ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी