मा‌ओवादीले खुट्टा झिकिसकेपछि मधेशी मोर्चाले भन्यो- भिजिट भिसा प्रकरणको छानबिन हुनुपर्छ « Khabarhub

मा‌ओवादीले खुट्टा झिकिसकेपछि मधेशी मोर्चाले भन्यो- भिजिट भिसा प्रकरणको छानबिन हुनुपर्छ


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मधेशकेन्द्रित ७ राजनीति दलको संघीय लोकतान्त्रिक मोर्चाले भिजिट भिसा प्रकरणमा छानविनको माग गरेको छ ।

शुक्रबार काठमाडौंमा बसेको मोर्चाको बैठकले भिजिट भिसामा नाममा मानवतस्करीको बिषय जोडिएकाले छानविनको माग गर्ने निर्णय गरेको हो ।

भिजिट भिसा प्रकरणमा छानविन गरेर प्रतिवेदन सार्वजनिक गर्दै दोषिमाथि कारबाही हुनुपर्ने बैठकको निष्कर्ष रहेको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए ।

बैठकले साझा उदेश्य पूरा गर्न आदिवासी जनजाति आवद्ध दल, संगठन र संस्थासँग सहकार्य गरेर संयुक्त रुपमा संघर्षलाई अघि बढाउन वार्ता गर्ने निर्णय गरेको उनले बताएका छन् ।

त्यस्तै बैठकले मोर्चाको कार्यलाई व्यवस्थित गर्न सचिवालयले बनाएको छ । त्यसैगरि कार्यविधिमाथि मोर्चा आवद्ध दलको सुझाव दिएर अर्को बैठकमा अन्तिम रुप दिने निर्णय भएको महतोले जानकारी दिए ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ७ : ३४ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी