संविधानसभा सदस्य जुहारचनको अन्त्येष्टि | Khabarhub Khabarhub

संविधानसभा सदस्य जुहारचनको अन्त्येष्टि


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जिल्ला नेता वीरेन्द्र जुहारचनको आज बौद्ध परम्पराअनुसार मुस्ताङको मार्फास्थित राजखोला र कालीगण्डकी दोभानमा अन्त्येष्टि गरिएको छ । उनको ६९ वर्षको उमेरमा बिहीबार मार्फास्थित निजी निवासमा निधन भएको हो ।

जुहारचनको अन्त्येष्टिमा माओवादी केन्द्रका महासचिव देव गुरुङसहितका नेता मुस्ताङको मार्फा पुगेका छन् । उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न र पार्टीको झण्डा ओढाएर सम्मान गर्न महासचिव गुरुङसहित नेताहरू यहाँ पुगेका हुन् ।

आज जुहारचनको पार्थिव शरीरमा महासचिव गुरुङ, मुस्ताङ जिल्ला इञ्चार्ज कपिल लामा, जिल्ला समन्वय समिति संयोजक धीरेन्द्र विक, प्रदेश कमिटी सदस्य ङुटुक गुरुङलगायत नेताले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे । अन्त्येष्टिमा माओवादी केन्द्रका जिल्ला, प्रदेश र केन्द्रीय नेताहरूको उपस्थिति थियो ।

स्वर्गीय जुहारचनलाई श्रद्धाञ्जली अर्पण गर्दै महासचिव गुरुङले उनको निधनले पार्टी र कम्युनिष्ट आन्दोलनप्रति अतुलनिय क्षति पुगेको बताए । यस दुःखद् घडीमा शोकलाई शक्तिमा रुपान्तरण गरी अघि बढ्नुपर्ने भन्दै गुरुङले परिवारजनमा समवेदना अर्पण गरे।

संविधानसभा सदस्य जुहारचनको निधनप्रति नेकपा (माओवादी केन्द्र)ले शोक वक्तव्य प्रकाशित गरी श्रद्धाञ्जली अर्पण गरेको छ । उहाँले तत्कालीन पुष्पलाल समूहबाट विसं २०३० देखि राजनीतिक यात्रा सुरु गरेका थिए । त्यसपछि माओवादी केन्द्रमा आवद्ध उनी विसं २०६४ मा केन्द्रको समानुपातिक क्लस्टरबाट सांसद भई संविधानसभा सदस्य भएका थिए ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ८ : १५ बजे

महोत्तरीमा थारू संग्रहालय भवन निर्माण गरिँदै

महोत्तरी- आदिवासी थारू समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा

कसरी भयो सुनको भाउमा १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट ?

काठमाडाैं – सुनको मूल्यमा तीव्र गिरावट आएको छ। महँगो धातुको

नेवार समुदायले यसरी मनाए म्हपूजा (तस्बिरहरू)

काठमाडाैं । नेवार समुदायको परम्परागत र मौलिक चाड रुपमा मनाइने

५० ओभर नै स्पिनर प्रयोग गर्ने पहिलो टोली बन्यो वेस्ट इन्डिज

काठमाडौं – वेस्ट इन्डिजले बंगलादेशविरुद्धको एकदिवसीय श्रृङ्खलामा नयाँ इतिहास रचेको

माल्दिभ्समा चम्किएकी कामना बिष्ट

काठमाडौँ- नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना बिष्ट माल्दिभ्समा जारी नाइबोली