संविधानसभा सदस्य जुहारचनको अन्त्येष्टि « Khabarhub

संविधानसभा सदस्य जुहारचनको अन्त्येष्टि


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जिल्ला नेता वीरेन्द्र जुहारचनको आज बौद्ध परम्पराअनुसार मुस्ताङको मार्फास्थित राजखोला र कालीगण्डकी दोभानमा अन्त्येष्टि गरिएको छ । उनको ६९ वर्षको उमेरमा बिहीबार मार्फास्थित निजी निवासमा निधन भएको हो ।

जुहारचनको अन्त्येष्टिमा माओवादी केन्द्रका महासचिव देव गुरुङसहितका नेता मुस्ताङको मार्फा पुगेका छन् । उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न र पार्टीको झण्डा ओढाएर सम्मान गर्न महासचिव गुरुङसहित नेताहरू यहाँ पुगेका हुन् ।

आज जुहारचनको पार्थिव शरीरमा महासचिव गुरुङ, मुस्ताङ जिल्ला इञ्चार्ज कपिल लामा, जिल्ला समन्वय समिति संयोजक धीरेन्द्र विक, प्रदेश कमिटी सदस्य ङुटुक गुरुङलगायत नेताले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे । अन्त्येष्टिमा माओवादी केन्द्रका जिल्ला, प्रदेश र केन्द्रीय नेताहरूको उपस्थिति थियो ।

स्वर्गीय जुहारचनलाई श्रद्धाञ्जली अर्पण गर्दै महासचिव गुरुङले उनको निधनले पार्टी र कम्युनिष्ट आन्दोलनप्रति अतुलनिय क्षति पुगेको बताए । यस दुःखद् घडीमा शोकलाई शक्तिमा रुपान्तरण गरी अघि बढ्नुपर्ने भन्दै गुरुङले परिवारजनमा समवेदना अर्पण गरे।

संविधानसभा सदस्य जुहारचनको निधनप्रति नेकपा (माओवादी केन्द्र)ले शोक वक्तव्य प्रकाशित गरी श्रद्धाञ्जली अर्पण गरेको छ । उहाँले तत्कालीन पुष्पलाल समूहबाट विसं २०३० देखि राजनीतिक यात्रा सुरु गरेका थिए । त्यसपछि माओवादी केन्द्रमा आवद्ध उनी विसं २०६४ मा केन्द्रको समानुपातिक क्लस्टरबाट सांसद भई संविधानसभा सदस्य भएका थिए ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ८ : १५ बजे

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम

अमेरिका-इरान वार्ता संकेतबीच मिसाइल प्रहार

एजेन्सी– अमेरिका र इरानबीच सम्भावित वार्ताका संकेतहरू देखिइरहेका बेला इरानले

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

दमौली– तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत्

तनहुँमा अवैध नदीजन्य पदार्थ उत्खनन : तीन सवारीसाधन नियन्त्रणमा

दमौली– तनहुँमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी भइरहेको