गगन थापाले भन्छन् : कांग्रेसले संयमित र जिम्मेवार भएर राजनीति गर्छ « Khabarhub

गगन थापाले भन्छन् : कांग्रेसले संयमित र जिम्मेवार भएर राजनीति गर्छ


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

सुनसरी – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले समावेशी सिद्धान्त अनुरुप संयमित र जिम्मेवार भएर राजनीति गर्ने बताएका छन् ।

आज नेपाल तामाङ सङ्घ कोशी प्रदेशद्वारा इटहरीमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेसले उत्तेजनात्मक र निषेधात्मक भन्दा समावेशी, संयमित र जिम्मेवार भएर राजनीति गर्ने स्पष्ट पारे ।

महामन्त्री थापाले जातीय वा धर्मका आधारमा उत्तेजना फैलाउने र त्यसबाट लाभ लिने प्रवृत्ति कसैले गर्न नहुने बताउँदै समुदायमा समन्वय र सदभावपूर्व तरिकाले सबै एकापसमा मिलेर रहनुपर्ने धारणा राखे । उनले भने , “हाम्रो कांग्रेस मध्यमार्गी पार्टी हो । अधिकार दिने, समावेशीकरण गर्ने, चेतना फैलाउने, प्रशिक्षण दिने र आफू सुधारिने बाटोमा पार्टी अघि बढेको छ ।”

संविधान संशोधन सबैको सहमतिका आधारमा हुने स्पष्ट धारणा राख्दै महामन्त्री थापाले एमाले, माओवादीलगायत पार्टीसँग छलफल तथा नागरिकस्तरमा संवाद गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

उनले संविधान संशोधनले कुनै समुदायको अधिकार घट्ने होइन, अझ बलियो हुने बताए । “कसैलाई लाग्न सक्छ अधिकार खुम्चिन्छ, तर त्यस्तो हुँदैन । लेखिएको अधिकार अझै बढ्छ, घट्दैन”, उनले भने ।

थापाले तामाङ समुदायको योगदानको कदर गर्दै तामाङ समुदायको समुन्नतिका लागि कांग्रेसले सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । कांग्रेस सबै जातजाति, धर्म, भाषा र समुदायलाई समेटेर अघि बढ्ने दल भएको उल्लेख गर्दै उनले भने, “कांग्रेसमा सबै अट्न सक्छन्, कांग्रेस सबैलाई अटाउने क्षमता राख्छ ।”

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ९ : १७ बजे

डिजिटल प्रबिधिबाट निर्वाचन परिणाम सार्वजनिक गरिने

दाङ– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको परिणामलाई

हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी

भोजपुर–  भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँच दिन बाँकी : एक हजार ६१ उजुरी फर्स्योट

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको