पार्टीले समाजवादी क्रान्तिका लागि बलियो सैद्धान्तिक आधार तयार गरेको छ : माधव नेपाल | Khabarhub Khabarhub

पार्टीले समाजवादी क्रान्तिका लागि बलियो सैद्धान्तिक आधार तयार गरेको छ : माधव नेपाल


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्न सही नीति, सिद्धान्त र कार्यक्रमको अवलम्बन गरेको बताएका छन्।

पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आज आयोजित कार्यकर्ता भेलाको उद्घाटन गर्दै अध्यक्ष नेपालले देश र जनताको हितलाई सर्वोपरि राखेर पार्टीले समाजवादी क्रान्तिका लागि बलियो सैद्धान्तिक आधार तयार गरेको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले मुलुकको राष्ट्रिय राजनीतिमा पार्टीले निर्वाह गरेको भूमिकाबाट कतिपय व्यक्तिहरू आत्तिएर पार्टी विभाजन गराउन उद्यत रहेको आरोप लगाए ।

कम्युनिष्ट पार्टीको टुटफुटले समाजका आधारभूत आवश्यकता सम्बोधन गर्न नसकिएको बताउँदै उनले त्यसले जनतामा निराशा र आक्रोश बढेको विचार व्यक्त गरे । उनले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरण नीतिगत निर्णय भएकाले आफू निर्दोष रहेको प्रष्ट पारे ।

अध्यक्ष नेपालले संविधानप्रदत्त मन्त्रिपरिषद्मा नीहित नीतिगत निर्णयको अधिकारअनुसार अधिकतम जनताको हितमा स्वास्थ्य सेवा सञ्चालनका लागि पतञ्जलीलाई जग्गा उपलब्ध गराइएको बताए ।

पार्टीले उक्त मुद्दा प्रतिरक्षाका लागि कानुनविद् सम्मिलित कार्यदल गठन गरेको बताउँदै उनले सो विषयमा अदालतबाट छिट्टै न्याय निरुपण हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  १० : ५८ बजे

महोत्तरीमा थारू संग्रहालय भवन निर्माण गरिँदै

महोत्तरी- आदिवासी थारू समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा

कसरी भयो सुनको भाउमा १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट ?

काठमाडाैं – सुनको मूल्यमा तीव्र गिरावट आएको छ। महँगो धातुको

नेवार समुदायले यसरी मनाए म्हपूजा (तस्बिरहरू)

काठमाडाैं । नेवार समुदायको परम्परागत र मौलिक चाड रुपमा मनाइने

५० ओभर नै स्पिनर प्रयोग गर्ने पहिलो टोली बन्यो वेस्ट इन्डिज

काठमाडौं – वेस्ट इन्डिजले बंगलादेशविरुद्धको एकदिवसीय श्रृङ्खलामा नयाँ इतिहास रचेको

माल्दिभ्समा चम्किएकी कामना बिष्ट

काठमाडौँ- नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना बिष्ट माल्दिभ्समा जारी नाइबोली