बलोचिस्तानमा भइरहेको ज्यादतीप्रति मानव अधिकारवादी संस्था चिन्तित « Khabarhub

बलोचिस्तानमा भइरहेको ज्यादतीप्रति मानव अधिकारवादी संस्था चिन्तित


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको बलोचिस्तानमा जबरजस्ती व्यक्ति बेपत्ता पारिने घटना बढ्दै गएकोमा मानव अधिकारवादी संस्थाले चिन्ता व्यक्त गरेको छ । मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले बलोचिस्तान र पूरै पाकिस्तानमा बलोच विद्यार्थीलाई जबरजस्ती बेपत्ता हुने गरेकोमा चिन्ता व्यक्त गरेको हो ।

हालै बलोचिस्तान विश्वविद्यालयमा अध्ययन गर्ने बलोच विद्यार्थी महजबिन बलोच बेपत्ता पारिएकी थिइन् । उनलाई पछिल्लो पटक मे २९ मा देखिएको थियो । भारतीय समाचार संस्था एएनआईका अनुसार त्यसको चार दिनअघि मात्रै उनका भाइ युनस बलोच पनि बेपत्ता भएका थिए ।

एम्नेष्टीले पाकिस्तानी अधिकारीहरुलाई जबरजस्ती बेपत्ता पारिएका घटनाबारे तत्काल, छरितो, पूर्ण र प्रभावकारी अनुसन्धान गर्न पनि आग्रह गरेको छ । उक्त संस्थाले यस्ता घटनामा संलग्नलाई न्यायको कठघरामा ल्याउन पनि पाकिस्तानलाई आह्वान गरेको छ ।

पाकिस्तानको बलोचिस्तानमा लामो समयदेखि पृथकतावादी आन्दोलन चलिरहेको छ । यससँगै सो क्षेत्रमा जबरजस्ती बेपत्ता, गैरन्यायिक हिंसा, अपहरणजस्ता घटना बढ्दै गएको बताइन्छ ।

यस्ता घटनामा बलोचिस्तानमा पृथकतावादी आन्दोलनलाई नियन्त्रणमा लिन सक्रिय पाकिस्तानी सुरक्षामर्की संलग्न हुने गरेको बताइन्छ । पृथकतावादी भएको आरोपमा पक्राउ पर्ने कतिपय अभियन्ताहरुले आवश्यक कानुनी सहायता पनि नपाउने गरेको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ८ : ३६ बजे

मध्यान्नसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २ गते शनिबार फागुन

कर्णाली र जुम्लालाई हेप्ने प्रवृत्तिविरुद्ध राजनीतिक लडाइँ जारी छ : ज्ञानेन्द्र शाही

सुर्खेत- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले कर्णालीको राजनीतिक लडाइँ

यस्ता छन् गगन थापाले देखेका यातायात सुधारका योजनाहरू

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक यातायात सुधारका प्रारम्भिक