युवतीको मृत्युपछि 'छाउगोठ' भत्काउन कृष्णपुर नगरपालिकाको निर्देशन | Khabarhub Khabarhub

युवतीको मृत्युपछि ‘छाउगोठ’ भत्काउन कृष्णपुर नगरपालिकाको निर्देशन


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिकाले एक युवतीको छाउगोठमा मृत्यु भएपछि छाउपडी गोठहरू भत्काउन वडा कार्यालयहरूलाई निर्देशन दिएको छ ।

कृष्णपुर नगरपालिका वडा नम्बर १ निगालीकी २८ वर्षीया कमला दमाईको महिनावारीको समयमा छाउपडी गोठमा सुतिरहेको अवस्थामा सर्पले डसेर शनिबार मृत्यु भएपछि नगरपालिकाले १५ दिनभित्र छाउपडी गोठहरू भत्काउन निर्देशन दिएको हो ।

नगरपालिकाले उक्त कार्य कार्यान्वयनमा नल्याए सम्बन्धित पक्षलाई  कानूनी कारबाहीसहित १० हजार रुपैयाँ जरिवाना हुने कुरा सम्बन्धितहरूलाई जानकारी गराउन पनि अनुरोध गरेको छ ।

नेपालको सुदूरपश्चिम क्षेत्रमा अहिले पनि महिनावारी भएका समयमा महिलाहरूलाई ‘अशुद्ध’ ठानी घर, परिवार र समाजबाट अलग गोठमा राख्ने प्रचलन कायमै छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० मा भेदभाव र अपमानजनक व्यवहारसम्बन्धी कसुर शीर्षकको दफा १६८ उपदफा (३) मा महिलाको रजस्वला र सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन भनिएको छ ।

यस्तो कार्य गरेको ठहरिएमा ३ महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था पनि ऐनमा रहेको छ ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  १२ : ११ बजे

आँधीपछि समुद्रमा ४० घण्टा विताएका तीन भियतनामी नागरिकको सकुशल उद्धार

हनोई – भियतनामको समुद्री तटबाट काल्मेगी आँधीपछि आएको बाढीले बगाएका

दिल्ली बिस्फोट अपडेटः ज्यान गुमाउनेको संख्या कम्तीमा १० पुग्यो

काठमाडौँ- भारतको दिल्लीमा रहेको ऐतिहासिक लाल किल्ला स्मारकमा रहेको मेट्रो

ताप्लेजुङमा नेपाल–भारत सीमा स्तम्भको संयुक्त अनुगमन

ताप्लेजुङ – नेपाल–भारत सीमाको ताप्लेजुङ–सिक्किम खण्डमा संयुक्त अनुगमन र गस्ती

दिल्ली विस्फोटमा ज्यान गुमाउनेप्रति मोदीद्वारा दु:ख व्यक्त

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा सोमबार साँझ भएको विस्फोटमा

अफगानिस्तानका पूर्वकप्तान नैब लुम्बिनीबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्सले अफगानिस्तानका