नवराज सुवेदीको तर्क- राप्रपा छोड्छु भनेकै थिइनँ, लिङ्देन स्वेच्छाचारी हुन थाले « Khabarhub

राजावादीहरू अर्को फुटनजिक

नवराज सुवेदीको तर्क- राप्रपा छोड्छु भनेकै थिइनँ, लिङ्देन स्वेच्छाचारी हुन थाले


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूलाई प्राकृतिक न्यायविरुद्ध हुने गरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निष्कासन गरिएको जिकिर गरेका छन् ।

राप्रपाले पार्टी अनुशासन आयोगको अध्यक्षबाट हटाएपछि आइतबार उनी निर्वाचन आयोगमा उजुरी लिएर पुगेका हुन् ।

दुई दिनअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन आयोगको अध्यक्षबाट सुवेदीलाई हटाएका थिए । उनको स्थानमा पार्टी उपाध्यक्ष रोशन कार्कीलाई उक्त जिम्मेवारीमा ल्याइएको थियो । लिङ्देनको उक्त कार्यलाई सुवेदीले स्वेच्छाचारी कदम भनेका छन् ।

‘त्यो अध्यक्षको स्वेच्छाचारी कदम हो । केन्द्रीय समितिबाट निर्णय नै भएको छैन । प्राकृतिक न्यायको सिद्धान्तविरुद्ध उहाँहरूले निर्णय गर्नुभयो । निर्णयअगाडि मलाई सोध्नु पनि पर्थ्यो, सोधिएको पनि छैन’,उनले पत्रकारसँग भनेका छन्, ‘मलाई चिठी लेखेर दिएको पनि छैन । मैले त मिडियाबाट उहाँले मलाई निकाल्नु भएको थाहा पाएँ । त्यसकारण म आयोगमा उजुरी गर्न आएको हुँ ।’

सुवेदीले राप्रपा छाड्ने कुरा कहिल्यै नगरेको दाबी पनि गरेका छन् । आफूले एक सार्वजनिक कार्यक्रममा बोलेको भिडियोबाट अगाडी र पछाडिको सन्दर्भ काटेर भाइरल बनाइएको उनले बताए ।

‘मेरो आशय के थियो भने संवैधानिक राजसंस्था, बहुदलीय प्रजातन्त्र र हिन्दु राष्ट्रका निम्ति म जुनसुकै योगदान गर्न पनि तयार छु । मेरो पार्टीबाट राजीनामा दिनुपर्यो, छोड्नुपर्यो भने पनि म छोड्न तयार छु’, उनले भने, ‘तर उक्त भिडियोको अगाडि र पछाडिको सबै सन्दर्भ काटेर हटाएपछि उहाँहरूलाई सुविधा मिल्ने मात्रै अंश राखेर भाइरल बनाइएको छ ।’

राप्रपाको अनुशासन समितिबाट हटाइएका सुवेदी निर्वाचन आयोगमा उजुरी दिन पुग्दा डा. धवलशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी लगायत नेताहरू पनि पुगेका थिए ।

सुवेदीले राजसंस्था पुनर्स्थापनाका लागि गठिन संयुक्त जनआन्दोलन समितिको नेतृत्व लिएलगत्तै पत्रकार सम्मेलनमा राप्रपाको साधारण सदस्यता त्यागेको घोषणा गरेका थिए । उनले राप्रपामा लिखित राजीनामा भने दिएका थिएनन् ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  १ : १८ बजे

नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा

एजेन्सी– नासाले आफ्नो आगामी चन्द्र अभियानका लागि ‘स्पेस लन्च सिस्टम’

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन