नवराज सुवेदीको तर्क- राप्रपा छोड्छु भनेकै थिइनँ, लिङ्देन स्वेच्छाचारी हुन थाले « Khabarhub

राजावादीहरू अर्को फुटनजिक

नवराज सुवेदीको तर्क- राप्रपा छोड्छु भनेकै थिइनँ, लिङ्देन स्वेच्छाचारी हुन थाले


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूलाई प्राकृतिक न्यायविरुद्ध हुने गरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निष्कासन गरिएको जिकिर गरेका छन् ।

राप्रपाले पार्टी अनुशासन आयोगको अध्यक्षबाट हटाएपछि आइतबार उनी निर्वाचन आयोगमा उजुरी लिएर पुगेका हुन् ।

दुई दिनअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन आयोगको अध्यक्षबाट सुवेदीलाई हटाएका थिए । उनको स्थानमा पार्टी उपाध्यक्ष रोशन कार्कीलाई उक्त जिम्मेवारीमा ल्याइएको थियो । लिङ्देनको उक्त कार्यलाई सुवेदीले स्वेच्छाचारी कदम भनेका छन् ।

‘त्यो अध्यक्षको स्वेच्छाचारी कदम हो । केन्द्रीय समितिबाट निर्णय नै भएको छैन । प्राकृतिक न्यायको सिद्धान्तविरुद्ध उहाँहरूले निर्णय गर्नुभयो । निर्णयअगाडि मलाई सोध्नु पनि पर्थ्यो, सोधिएको पनि छैन’,उनले पत्रकारसँग भनेका छन्, ‘मलाई चिठी लेखेर दिएको पनि छैन । मैले त मिडियाबाट उहाँले मलाई निकाल्नु भएको थाहा पाएँ । त्यसकारण म आयोगमा उजुरी गर्न आएको हुँ ।’

सुवेदीले राप्रपा छाड्ने कुरा कहिल्यै नगरेको दाबी पनि गरेका छन् । आफूले एक सार्वजनिक कार्यक्रममा बोलेको भिडियोबाट अगाडी र पछाडिको सन्दर्भ काटेर भाइरल बनाइएको उनले बताए ।

‘मेरो आशय के थियो भने संवैधानिक राजसंस्था, बहुदलीय प्रजातन्त्र र हिन्दु राष्ट्रका निम्ति म जुनसुकै योगदान गर्न पनि तयार छु । मेरो पार्टीबाट राजीनामा दिनुपर्यो, छोड्नुपर्यो भने पनि म छोड्न तयार छु’, उनले भने, ‘तर उक्त भिडियोको अगाडि र पछाडिको सबै सन्दर्भ काटेर हटाएपछि उहाँहरूलाई सुविधा मिल्ने मात्रै अंश राखेर भाइरल बनाइएको छ ।’

राप्रपाको अनुशासन समितिबाट हटाइएका सुवेदी निर्वाचन आयोगमा उजुरी दिन पुग्दा डा. धवलशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी लगायत नेताहरू पनि पुगेका थिए ।

सुवेदीले राजसंस्था पुनर्स्थापनाका लागि गठिन संयुक्त जनआन्दोलन समितिको नेतृत्व लिएलगत्तै पत्रकार सम्मेलनमा राप्रपाको साधारण सदस्यता त्यागेको घोषणा गरेका थिए । उनले राप्रपामा लिखित राजीनामा भने दिएका थिएनन् ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  १ : १८ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको