बालेनले सुनाए काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम « Khabarhub

बालेनले सुनाए काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै छ । त्यसका लागि नगरसभा बैठक सुरू भएको छ ।

आइतबारै बिहान बसेको कार्यपालिका बैठकले महानगरपालिकाका लागि आगामी आर्थिक वर्षको २५ अर्ब बरारबो बजेट पारित गरिसकेको छ ।

बजेट ल्याउनुअघि राष्ट्रियसभा गृहमा भइरहेको नगरसभा बैठकमा मेयर बालेन्द्र साहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएका छन् ।

उनले नगरसभाको बैठकमा १९ बुँदे नीति तथा कार्यक्रम वाचन गरेका हुन् । अब उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षको बजेट पेश गर्नेछिन् ।

नगर सभामा पेश हुनुपूर्व कार्यपालिकाबाट बजेट पास गराउनु पर्ने व्यवस्था छ । त्यही व्यवस्था बमोजिम महानगरको कार्यपालिकाले बजेट आइतबार बिहानै पास गरिसकेको छ ।

गत शुक्रबार महानगरको स्रोत तथा अनुमान समितिले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको थियो ।

शुक्रबार महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको कार्यपालिका बैठक एक मिनेटमै सकिएको थियो । कार्यपालिका र नगरसभा बैठक २०८१ पुसयता पहिलो पटक बसेको हो ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ३ : ३६ बजे

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र

सात देशमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात देशमा