गुटखा खाने प्रहरी सेवाबाटै बर्खास्त हुन सक्ने « Khabarhub

गुटखा खाने प्रहरी सेवाबाटै बर्खास्त हुन सक्ने


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको तेस्रो ठूलो प्रदेश सिन्धमा गुट्खा सेवन गर्ने लत लागेका सिन्ध प्रहरी अधिकारी र कर्मचारीहरू विरुद्ध कडा कारबाही गर्ने निर्णय गरिएको छ ।

यो निर्णयपछि गुट्खा सेवन गर्ने सिन्ध प्रहरी अधिकारी र कर्मचारीहरूलाई रङ्गेहात पक्राउ गरिएको थियो । सिन्धका आईजीले ती कर्मचारीहरू विरुद्ध कडा कारबाही गर्ने निर्णय गरेको डनन्युजले उल्लेख गरेको छ ।

डन न्यूजका अनुसार सिन्धका आईजी गुलाम नबी मेमनको आदेशमा जारी गरिएको सूचना अनुसार गुटखाको लत लागेका अधिकारी र कर्मचारीहरूको सूची तयार गर्न आदेश जारी गरिएको छ ।

सूचनामा प्रहरी कर्मचारीहरूलाई गुटखा छोड्न १० दिनको समय दिइएको छ । गुटखा नछाडे कारबाही गरिने चेतावनी जारी गरिएको छ ।

गुट्खा खाँदा स्वास्थ्यमा मात्र नभई प्रहरीको प्रतिष्ठामा पनि असर पर्ने भन्दै जारी सूचनामा गुट्खा खान नछोड्ने अधिकारी तथा कर्मचारीलाई विभागीय कारबाही गरिने उल्लेख छ ।

सूचना अनुसार गम्भीरताको कमी देखिएमा अधिकारीलाई सेवाबाट बर्खास्त गर्न सक्नेछ । सिन्ध प्रहरीका अनुसार प्रान्तका सबै जिल्लाबाट गुटखा सेवन गर्ने प्रहरी कर्मचारीहरूको रिपोर्ट माग गरिएको छ ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ४ : २५ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज