रसुवा बाढीबारे गृहमन्त्रीले भने- क्षति भएका संरचनाको छिटै पुन:निर्माण सुरु हुन्छ « Khabarhub

रसुवा बाढीबारे गृहमन्त्रीले भने- क्षति भएका संरचनाको छिटै पुन:निर्माण सुरु हुन्छ


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण क्षति भएका संरचनाको छिटै पुन:निर्माण सुरु गरिने बताएका छन् ।  

आइतबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा मन्त्री लेखकले अहिले सम्पूर्ण ध्यान बेपत्ता भएकाहरूको खोजी कार्यमा केन्द्रित रहेको भन्दै अव छिटै पुन निर्माण सुरु गरिने जानकारी दिनु दिएका हुन् ।

१० दिनसम्म खोज र उद्धारको कार्यका साथै राहत वितरण हुने र त्यसपछि पुन निर्माण र पुनर्स्थापनाको काममा ध्यान दिने उनले बताए ।

गृहमन्त्री लेखकले बाढीमा परेर मृत्यु भएकाहरूका परिवारलाई र कानुनी व्यवस्थाअनुसार राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको धारणा राखे । 

२० जना व्यक्ति नेपालबाट बेपत्ता भएको अवस्था देखिएको र ११ जना चीनको भूभागबाट बेपत्ता भएको खबर आएको उनले बताए । त्यस्तै गृहमन्त्री लेखकले विपद् प्राधिकरणले पूर्वविपद् सूचना प्रभावकारी बनाएको र विपद् जोखिम न्यूनीकरणका लागि सरकार सबै किसिमले तयारी अवस्थामा रहेको जानकारी दिए । 

त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद भट्टले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण चीनसंगको सम्बन्ध पूर्णरुपमा टुटेको र भन्सार क्षेत्रमा ठूलो क्षति भएको जानकारी दिए । 

विपद् पश्चात् तीन वटै सुरक्षा निकाय परिचालन गरेर उद्धारको कामलाई प्राथमिकता दिएको उनले बताए । त्यस्तै भट्टले चीनमा फसेका ९१ जना नेपालीहरूको सम्पूर्ण रेखदेखको व्यवस्था चिनिया पक्षले गरिरहेको र नेपालतर्फ फसेका विदेशी नागरिकलाई काठमाडौं ल्याइएको उल्लेख गरे ।  

उनले बाढीमा परेकामध्ये हालसम्म ११ जनाको शव फेला परेको र अझै कम्तीमा १७ जना बेपत्ता रहेको जानकारी  गराए। बैठकमा समिति सदस्यहरूले विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय तहलाई आवश्यक जिम्मेवारी र स्रोत साधन उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ४ : २६ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज