रसुवा बाढीपीडितको राहत, उद्धार र पुनः स्थापनामा सांसदको जोड « Khabarhub

रसुवा बाढीपीडितको राहत, उद्धार र पुनः स्थापनामा सांसदको जोड


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरूले यही असार २४ गते बिहान सुप्राग्लेशियर ताल फुट्दा रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको बाढीका कारण बेपत्ताको खोजी, घाइतेलाई उपचार र उद्धार तथा पीडितको राहत तथा पुनः स्थापनामा जोड दिएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा बाढीको घटना भएको साता दिन बित्न लाग्दा पनि बेपत्ताको खोजी तीव्र रूपमा अगाडि बढाउन नसकेको भन्दै यसतर्फ सम्बन्धित निकायको समयमा नै ध्यान जानुपर्नेमा उनीहरूले जोड दिएका हुन् ।

बैठकको विशेष समयमा सांसद मोहन आचार्यले बाढीका कारण ३० मेगावाट क्षमताको जलविद्युत् आयोजना नष्ट भएको, मितेरी पुल बगाएको, नेपालतर्फ २० जना र चीनतर्फ ११ जना बेपत्ता भएको, एक सयभन्दा बढी विद्युतीय सवारीसाधन बाढीसँगै बगेको उल्लेख गर्दै उद्धार, खोज तथा पुनःनिर्माण छिटो गर्न सुझाव दिए ।

‘नदी क्षेत्रमा धेरै संरचनाहरू बन्दा अहिले हामीले धेरै क्षति बेहोर्नुपरेको छ । प्राकृतिक प्रकोप आउँछ भन्ने अनुमान लगाएर विपद्मैत्री पूर्वाधार निर्माण गर्नुपर्छ’, सांसद आचार्याले भने, ‘हवाई उद्धारका कुरामा ध्यान दिनुपर्छ । जलवायु परिवर्तनले ल्याउनसक्ने जोखिमलाई ख्याल गर्दै अब हामीले अनुकूलनका कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ ।’

सांसद अच्युतप्रसाद मैनालीले वर्तमान सरकारको एक वर्ष पुग्दा कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्याराफिट निर्माण अन्तिम चरणमा पुगेको, सङ्क्रमणकालीन न्याय निष्कर्षमा पुगेको, विदेशी लगानी वृद्धि, दोलखामा पेट्रोलियम पदार्थको उत्खनन, ग्वार्को ओभरपास, नागढुङ्गा–थानकोट सुरुङमार्ग, सिद्धबाबा सुरुङमार्ग निर्माणको तीव्रता, नारायणगढ–बुटवल तथा मुग्लिङ–पोखरा सडकमार्ग निर्माणको तीव्रता भएको भन्दै केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारको प्रशंसा गरे ।

‘पूर्वाधार निर्माणले गति लिइरहेको छ । आर्थिक वृद्धिदर भएको छ । निजी क्षेत्रले बजारमा लगानीका लागि अनुकूल वातावरण पाएको छ’, उनले भने, ‘राजस्व परिचालन वृद्धि भएको छ, विदेशी लगानी आकर्षित गर्ने प्रयास भएको छ । यसरी सकारात्मक दिशातर्फ मुलुक अगाडि बढिरहेको छ ।’ जनताको भावनाअनुसार समृद्धि, सुशासन र विकासका लागि एक भएर अगाडि बढ्नुपर्ने मैनालीको भनाइ छ ।

सांसद हितबहादुर तामाङले यही असार २४ गते बिहान सुप्राग्लेशियर ताल फुट्दा रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको बाढीले धनजनको क्षति पुगेको भन्दै उद्धार, राहत र पुनःनिर्माण तथा पुनःस्थापनाको काम तत्काल अगाडि बढाउन आग्रह गरे । 

‘विद्युत्मा र सडक पूर्वाधारमा क्षति पुगेको छ । त्यहाँका बस्ती असुरक्षित छन्’, उनले भने, ‘मितेरी पुल तत्काल निर्माण गर्नुपर्छ । चीनतर्फ फसेर बसेका मालवाहक बस र नागरिकको उद्धार गर्नुपर्छ ।’

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ५ : २१ बजे

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर