‘सरकारले एक वर्षमा जनअपेक्षा पूरा नगरे पनि केही राम्रा काम भए’ « Khabarhub

‘सरकारले एक वर्षमा जनअपेक्षा पूरा नगरे पनि केही राम्रा काम भए’


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले वर्तमान सरकारको एक वर्ष समग्रमा मिश्रित रहेको बताएका छन् ।  

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले वर्तमान सरकारको एक वर्षमा जनताको आवश्यकता र अपेक्षा पूर्ण रूपमा पूरा हुन नसके पनि केही राम्रा कुराहरू भएको बताएका हुन् ।

डेलिभरी र सुशासनका क्षेत्रमा वर्तमान सरकार अझ बढी गम्भीर भएर अघि बढ्नुपर्ने उनले बताए । उनले सरकारले आफ्ना संयन्त्रलाई मजबुत गरी जनताको सेवामा ध्यान दिँदै काम गर्नुपर्नेमा जोड दिए । 

आगामी दिनमा प्रश्न उठ्न नदिने गरी सरकारले आफ्नो काम कारबाहीलाई अघि बढाउनुपर्ने उनको भनाइ छ ।

त्यस्तै महतले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणका विषयमा गहिराइमा गएर हेर्नुपर्ने धारणा राखे । 

पदको दुरुपयोग हुने ठाउँ राख्न नहुने भन्दै उनले यस विषयमा सत्य तथ्य बाहिर आउनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ६ : २१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको