रुपन्देही क्षेत्र नं ३ को मतदाता नामावली अद्यावधिक गर्दै आयोग « Khabarhub

रुपन्देही क्षेत्र नं ३ को मतदाता नामावली अद्यावधिक गर्दै आयोग


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावलीलाई अद्यावधिक गर्ने निर्णय गरेको छ ।

आयोगका अनुसार मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट मिति निर्धारण गरिनेछ । 

उक्त मितिसम्म देशभरबाट सङ्कलित मतदाताको विवरणलाई अद्यावधिक प्रक्रियामा लगिने र सङ्कलित मतदाता विवरण साउन ४ गते आयोगको ‘वेबसाइट’मा प्रकाशन गरिने आयोगका प्रवक्ता एवं सहसचिव निता पोखरेल अर्यालले जानकारी दिइन् । 

आगामी साउन १५ देखि २२ गतेसम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन र कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन सक्ने पनि आयोगले जनाएको छ ।

यसैगरी, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएमा एक स्थानमा मात्र कायम गर्न निवेदन सङ्कलन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनका लागि सूचना दिनेलगायत कार्यहरू गर्ने गरी कार्यक्रम निर्धारण गरिएको पनि प्रवक्ता अर्यालले जानकारी दिइन् । 

यसरी मतदाता नामावली अद्यावधिक प्रक्रिया पूरा गरी आगामी भदौ २५ गते अन्तिम मतदाता नामावली प्रकाशित हुने उनले बताइन् । 

मतदाता नामावलीलाई त्रुटिरहित र थप शुद्ध तुल्याउन साउन १५ देखि २२ गतेसम्म त्रुटि सच्याउन अनलाइन प्रणालीबाट समेत निवेदन, सूचना, उजुरी दिन सकिने आयोगले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ६ : ४३ बजे

मालपोत कार्यालयको नाम फेरियो

काठमाडौं- सरकारले मालपोत कार्यालयको नाम परिवर्तन गरेर भूमि प्रशासन कार्यालय

मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग

पाटन– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँमाथि

गुल्शन झा एक्लैले ५ विकेट लिएपछि ओमनविरुद्ध नेपाल ८१ रनले विजयी

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत मंगलबारको खेलमा नेपाल

शेखर गोल्छालाई हिरासतमा राख्न अदालतले दिएन अनुमति

काठमाडौं– व्यवसायी शेखर गोल्छालाई हिरासतमा राख्न अदालतले अस्वीकार गरेको छ

राष्ट्रिय खेलकुद परिषद्का ४४ जना पदाधिकारी भए पदमुक्त

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का ४४ जना पदाधिकारी पदमुक्त भएका छन्