गृहमन्त्री लेखकद्वारा ट्राफिक सचेतना कक्षा शुभारम्भ « Khabarhub

गृहमन्त्री लेखकद्वारा ट्राफिक सचेतना कक्षा शुभारम्भ


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको बीचमा लोकप्रिय संस्थाका रूपमा चिनिँदै गएको बताएका छन् । 

प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित ‘अनलाइन ट्राफिक सचेतना कक्षा’ शुभारम्भ गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरीलाई प्रविधियुक्त बनाउन त्यसमा द्रुत विकास भइरहेको जानकारी दिए । 

‘अस्थायी प्रहरी चौकीको माग, अस्थायीलाई स्थायी र प्रहरी चौकी स्तरोन्नति/स्थापनाको बढी माग छ’, उनले भने, ‘नागरिकको प्रहरीप्रति विश्वास र आस्था बढेको छ ।’

नेपाल प्रहरीको विधेयक ल्याउन लागिएको उल्लेख गर्दै गृहमन्त्री लेखकले केही दिनपछि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा पुनःविधयेकमाथि छलफल सुरु हुने बताए । 

‘प्रहरी कर्मचारीमा हवलदारसम्म १६ वर्षमै पेन्सन पाएर अवकाशमा जाने व्यवस्था विधेयकमा गरिएको छ’, उनले भने, ‘प्रहरीको उच्च मनोबलका साथ कार्य दक्षता बढ्न सकोस् भनेर प्रहरी सङ्गठनलाई तुलनात्मक रूपले आगामी आवका लागि बढी बजेट विनियोजन गरिएको छ ।’

आम नागरिकसित राम्रो व्यवहार गरेर नम्रतापूर्वक सेवा प्रवाह गर्न गृहमन्त्री लेखकले निर्देशन दिए । अनलाइन सचेतना कक्षा सञ्चालनमा आएसँगै अब ट्राफिक प्रहरी कार्यालय पुगेर सचेतना कक्षा लिनुपर्ने बाध्यात्मक अवस्था हट्ने छ । 
 

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ७ : २६ बजे

मालपोत कार्यालयको नाम फेरियो

काठमाडौं- सरकारले मालपोत कार्यालयको नाम परिवर्तन गरेर भूमि प्रशासन कार्यालय

मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग

पाटन– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँमाथि

गुल्शन झा एक्लैले ५ विकेट लिएपछि ओमनविरुद्ध नेपाल ८१ रनले विजयी

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत मंगलबारको खेलमा नेपाल

शेखर गोल्छालाई हिरासतमा राख्न अदालतले दिएन अनुमति

काठमाडौं– व्यवसायी शेखर गोल्छालाई हिरासतमा राख्न अदालतले अस्वीकार गरेको छ

राष्ट्रिय खेलकुद परिषद्का ४४ जना पदाधिकारी भए पदमुक्त

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का ४४ जना पदाधिकारी पदमुक्त भएका छन्